कम्प्युटर निर्माता कम्पनी डेलले सन् २०४० देखि नवीकरणीय उर्जा मात्र प्रयोग गर्ने

Technology Khabar २८ कार्तिक २०७६, बिहीबार

कम्प्युटर निर्माता कम्पनी डेलले सन् २०४० देखि नवीकरणीय उर्जा मात्र प्रयोग गर्ने

काठमाडौं ।

काठमाडौं । प्रदूषणको समस्या संसारका सबै देशहरुमा बढ्दो क्रममाछ। प्रदूषण रोक्न र दिगो विकासलाई बढावा दिन ऊर्जाको वैकल्पिक स्रोतको प्रयोगमा जोड दिइन्छ।

यसै सन्दर्भमा, अब विश्वको सबैभन्दा ठूलो कम्प्युटर निर्माता कम्पनी डेलले नवीकरणीय उर्जा मात्र प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०४० देखि म्यानुफ्याक्चरको लागि केबल नवीकरण ऊर्जा मात्र प्रयोग गर्ने छ। यसका साथै कम्पनीले रिसाइकल गरिएका सामाग्रीहरु आफ्नो नयाँ उत्पादनमा अधिक प्रयोग गर्ने कोशिस गरिरहेको छ।

डेलले भने कि २०३० सम्ममा रिसाइकल सामग्री प्रयोग गरेर आफ्ना आधा प्रडक्टहरु बनाउने प्रयास भइरहेको छ। यसको साथ, कम्पनीले अब प्याकेजिंगको लागि १०० प्रतिशत पुनः रिसाइकल गरिएका सामाग्रीहरु प्रयोग गर्ने प्रयास गरिरहेको छ।

अर्को अमेरिकी टेक कम्पनी एप्पलले पनि गत वर्ष नवीकरण ऊर्जा को उपयोग गर्ने लक्ष्य हासिल गरेको थियो।

डेल एक अमेरिकी बहुराष्ट्रीय कम्पनी हो जसले कम्प्युटर र त्यससँग सम्बन्धित उत्पादनहरू निर्माण गर्दछ।

easy care

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार