टेक कम्पनी शाओमीले ल्यायो शाओमी फिस ट्यांक, पावर बैंकले नै संचालन गर्न सकिने

Technology Khabar २८ कार्तिक २०७६, बिहीबार

टेक कम्पनी शाओमीले ल्यायो शाओमी फिस ट्यांक, पावर बैंकले नै संचालन गर्न सकिने

काठमाडौं । टेक कम्पनी शाओमीले स्मार्टफोन बाहेक बेलाबेलामा क्राउड फण्डिंग अन्तरगत विभिन्न किसिमका उत्पादनहरु बनाउँदै आएको छ ।

यहि सिलसिलामा कम्पनीले हालै नयाँ उत्पादन शाओमी फिस ट्यांक सार्वजनिक गरेको छ । हो तपाईँले सुन्नु भएको सहि हो शाओमी फिस ट्यांक ।

कम्पनीले ल्याएको यो फिस ट्यांक घरहरु तथा कार्यालयहरुमा प्रयोग गर्न सकिने किसिमले बनाईएको छ । शाओमीको यो फिस ट्यांकको मूल्य २९९ यूआन रहेको छ ।

यो फिस ट्यांकलाई इकोलोजिक ब्यालेन्स रहने किसिमले बनाईएको छ । जसमा यूजर्सले निरन्तर पानी परिवर्तन गर्ने झन्झट हुँदैन् । यसबाहेक यो फिस ट्यांकमा एउटा छुटै स्थान पनि बनाईएको छ जहाँ तपाईँले फुल उमार्न सक्नुहुनेछ ।

यो विशेष किसिमको फिस ट्यांकमा राखिएका माछाहरुलाई खुवाउन तपाईँले यसको पुरै विर्को समेत खोल्नुपर्दैन् र यसको लागि एडजस्टमेन्ट नब दिईएको छ ।

शाओमीको फिस ट्यांकको विशेषता भनेको यसलाई संचालन गर्न धेरै विद्युत आवश्यक पर्दैन र यो केलब पावर बैंकबाट पनि संचालन गर्न सकिन्छ ।

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

Comments are closed.

Loading...