अपटेड समाचार

ओयोद्वारा नेपालमा पहिलो टिभी अभियान सार्वजनिक

काठमाडौं । ओयो होटेल्स् एण्ड होमस्ले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ । “ओयो रहनुस् बिन्दास” नारा सहित यो टिभी कमर्सियलले देशमा अतिथि तथा सम्पूर्ण पर्यटकहरुका लागि ओयोको बलियो उपस्थीति र गुणस्तरीय आवासको सहज पहुँचमा प्रकाश पारेको छ । सबैका लागि जहाँ पनि ओयो छ भन्ने सन्देश यसले प्रवाह गरेको छ ।

व्यापक दर्शकहरुलाई लक्षित गर्दै यो टिभीसी नेपाली तथा अंग्रेजी उपशीर्षकमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

गाडी बिगरीएर सडकको बीचमा फसिरहेको एउटा परिवारलाई ओयोले कसरी उद्धार गर्छ भन्ने कुरा पहिलो टिभीसीमा देखाइएको छ । दोस्रो टिभीसीमा आफ्नो दैनिक रुटिनबाट छुट्टी लिन खोजिरहेका दुई जना साथीहरु तत्कालै ओयो एपको मार्फत होटेल बुक गर्छन । दुवै भिडियो “तपाईं जहाँ कही गए पनि त्यहाँ तपाईंको लागि ओयो छ” भन्ने सन्देश प्रवाह गर्दै अन्त्य हुन्छ ।

ओयो होटेल श्रृंखलाले आफ्नो उपस्थीति देशको २१ वटा भन्दा बढि शहरहरुमा विस्तार गरिसकेको छ । अहिले ओयोले ४४० प्लस होटेल्स्सहित ६,६०० प्लस एक्सक्लुसिभ कोठाहरुमार्फत हजारै अतिथिहरुलाई आधुनिक एमिनिटिज जस्तै निशुल्क वाईफाई, टिभी, दागरहित बिछौना र २४ घण्टा सेवा दिँदै आएको छ ।

ओयो होटेल्स् एण्ड होम्स्, भारत तथा दक्षिण एशियाका कार्यकारी अधिकृत आदीत्य घोषले भने, ‘दक्षिण एशियामा नेपाल हाम्रो लागि प्रमुख बजार हो र हामी देशमा स्थान सुद्दढीकरण गर्न प्रतिबद्ध छौं । हाम्रो यात्रा अपवाद भन्दा केही कम भएको छैन र यो अतिथिहरुले हाम्रो ब्राण्डप्रति देखाएको मायाले मात्र सम्भव भएको हो । यो टिभीसी हाम्रा अतिथिहरुका लागि समर्पित छ जसले ओयोलाई उनीहरुका यात्रा जहाँ कही भएपनि सबैभन्दा मनपर्ने आतिथ्यि पार्टनर बनाउनका लागि प्रेरणा प्रदान गरिरहेका छन् । ‘

ओयो नेपालका कन्ट्री हेड विक्की योल्मोले भने, ‘हामी नेपालमा पहिलो टिभी अभियान सार्वजनिक गर्न पाउँदा निकै प्रसन्न छौं । यो भिडियोले यात्रुहरुका लागि हाम्रो वास्तविक भ्याल्यु प्रोपोजिशन–तपाईं नेपालमा जहाँ कही भएपनि, ओयो तपाईंबाट टाढा छैन भन्ने सन्देश उजागर गर्दछ । हाम्रो सबै होटेलले अतिथिहरुलाई गुणस्तरीय तथा आरामदायक अनुभव प्रदान गर्दछ जुन सहजै ओयो मोबाइल एपबाट बुक गर्न सकिन्छ ।’

यात्रुहरुका लागि सामाजिक संजालको पहुँच विस्तार गर्दै, ओयोले यूट्यूब, फेसबुक र इन्स्टाग्राममा दुईवटा भिडियो ब्लग सार्वजनिक गर्ने जनाएको छ ।

Cheap Sex Cam Website

काठमाडौं । ओयो होटेल्स् एण्ड होमस्ले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ । “ओयो रहनुस् बिन्दास” नारा सहित यो टिभी कमर्सियलले देशमा अतिथि तथा सम्पूर्ण पर्यटकहरुका लागि ओयोको बलियो उपस्थीति र गुणस्तरीय आवासको सहज पहुँचमा प्रकाश पारेको छ । सबैका लागि जहाँ पनि ओयो छ भन्ने सन्देश यसले …

Review Overview

User Rating: Be the first one !
0