बालबालिका दूर्व्यवहारका कन्टेन्टहरुमध्ये करिब आधा ट्विटरमा भेटिएः रिपोर्ट

Technology Khabar २६ कार्तिक २०७६, मंगलवार

बालबालिका दूर्व्यवहारका कन्टेन्टहरुमध्ये करिब आधा ट्विटरमा भेटिएः रिपोर्ट

काठमाडौं । कुल बालबालिका दूर्व्यवहारका कन्टेन्टहरु मध्ये करिब आधा माइक्रो ब्लगिंग साइट ट्विटरमा उपलब्ध हुने गरेको अनुसन्धान रिपोर्टमा देखिएको छ । हालै बेलायतस्थित अनुसन्धान संस्था इन्टरनेट वाच फाउण्डेसन(आईडब्लूएफ)ले गरेको अध्ययनअनुसार ट्विटरमा खुलारुपमा नै बालबालिका दूर्व्यवहारका कन्टेन्टहरु शेयर हुने गरेको भेटिएको हो ।

रिपोर्टअनुसार ४९ प्रतिशत तस्विरहरु, भिडियोहरु र यूआरएल लिंकहरु सामाजिक संजाल, सर्च इन्जिनहरु, र क्लाउड सर्भिसहरु पछिल्लो ३ वर्षमा ट्विटरमा भेटिएका हुन् । जसमा कुल २,८३५वटा घटनाहरुमध्ये १,३९६ वटा रहेका छन् ।

यो निकै भयानक भएको बताईएको छ, जसमा चाइल्ड एब्यूज अर्थात बालबालिका दूर्व्यवहारका तस्विर र भिडियोहरु ट्विटरको फिल्टरहरुबाट बचेकाछन र ती जो कोहिको लागि उपलब्ध रहेका छन् ।

आईडब्लूएफकाअनुसार संस्थाले विश्वभरका जुनसुकै स्थानमा भएका अनलाइन यौन दूर्व्यवहार कन्टेन्टहरुलाई न्यूनिकरण गर्न र विशेषगरि बालबालिकासँग सम्बन्धित यौन दूर्व्यवहार होस्टहरु हटाउन सहयोग गर्दछ ।

रिपोर्टअनुसार माइक्रोसफ्ट बिंग सर्च इन्जिन दोस्रो स्थानमा रहेको छ, जसमा ६०४ वटा घट्नाहरु सन् २०१६ देखि २०१८ को अवधिमा रेकर्ड गरिएका थिए भने त्यसपछि अमेजनमा ३७५ र गूगलमा ३४८ वटा घट्नाहरु रहेका थिए ।

अनुसन्धान संस्था आईडब्लूएफका अनुसार फेसबुकमा ७२ वटा दूव्र्यवहारका घट्नाहरु खुल्लारुपमा रहेका थिए भने फेसबुककै इन्स्टाग्राममा १८ थिए । त्यस्तै यूट्यूबमा भने २२ वटा दूर्व्यवहारका घट्नाहरु भेडिएको रिपोर्टमा बताईएको छ ।

ट्विटरका प्रवक्ताले ती तथ्यांकहरुको सुनिश्चितताको बारेमा गंभिर सरोकार भएको र आईडब्लूएफसँग ती सरोकारहरुको बारेमा निरन्तर काम गरिरहने बताएका छन् ।

तर आईडब्लूएफले भने आफ्नो तथ्यांक र संख्या सहि र निष्पक्ष भएको दाबी गरेकोछ । एजेन्सी

प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

Comments are closed.

Loading...