शंकास्पद नाम राखिएका ह्वाट्सएप ग्रुपको सदस्य हुनुहुन्छ ? होस गर्नुस् प्रतिबन्धमा पर्नुहोला

Technology Khabar २६ कार्तिक २०७६, मंगलवार

शंकास्पद नाम राखिएका ह्वाट्सएप ग्रुपको सदस्य हुनुहुन्छ ? होस गर्नुस् प्रतिबन्धमा पर्नुहोला

काठमाडौं ।

काठमाडौं । ह्वाट्सएप पछिल्ला दिनहरुमा ग्रुप च्याटहरु र शेयरमा निकै रोक लगाउँदै आएको छ । ह्वाट्सएप ग्रुपमा अनावश्यक र अफवाहहरु फैलिने गरेको भन्दै शुरु गरेको नियन्त्रण प्रयास अहिले ग्रुप यूजरलाई प्रतिबन्ध लाग्ने सम्म आईपुगेको छ ।

यदि तपाईँ पनि ह्वाट्सएपको प्रतिबन्धमा पर्न चाहनुहुन्न भने त्यस्तो ग्रुपको सदस्य नबन्नुस जुन तपाईँलाई शंकास्पद लाग्दछ । यदि ग्रुपको नाम मात्रैपनि शंकास्पद भएको खण्डमा ह्वाट्सएपले प्रतिबन्ध लगाउनेछ ।

हालै गरिएको एक अनुसन्धानअनुसार ह्वाट्सएप यूजर्स मालिसियस ग्रुप नाम राखिएको ग्रुपको सदस्य भएको खण्डमा ह्वा्टसएपले ती सबैलाई प्रतिबन्ध लगाउने छ ।

हालै ह्वा्टसएप यूजर्सले रेडिटमा आफूहरु आश्चार्यजनक किसिमले ह्वाट्सएपको प्रतिबन्धमा परेको गुनासो गरेका थिए । यसमध्ये केहि यूजर्स शंकास्पद नाम राखिएका ग्रुपमा आबद्ध रहेका थिए ।

शंकास्पद भएको ग्रुपलाई मात्र नभई ह्वा्टसएपले ग्रुपमा भएका सम्पूर्ण सदस्यहरुलाई नै मेसेजिंग प्लेटफर्म प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो ।

यो बारेमा यूजर्सले ह्वाट्सएपमा सम्पर्क गर्दा स्वचालित उत्तर मात्र प्राप्त गरेका थिए र त्यसमा सो प्लेटफर्मको प्रयोगका शर्तहरु उलंघन गरिएको र फेरी रिप्लाई नदिईने जवाफ पाएका थिए ।

यदि तपाईँपनि हुनै शंकास्पद नाम वा गैरकानूनी नाम राखिएको ह्वा्टसएप ग्रुपको सदस्य हुनुहुन्छ भने त्यस्तो ग्रुप छोड्नु नै उचित हुन्छ वा त्यो ग्रुपको नाम कानूनी नाम राखेर स्पष्टरुपमा संचालन गर्नु ठिक हुनेछ ।

ह्वाट्सएप प्रयोगमा प्रतिबन्ध लगाएमा तपाईँको मोबाइल नम्बरमा ह्वाट्सएप प्रयोग हुनेछैन भने तपाईँले आफ्नो नम्बर परिवर्तन गर्नुपर्नेछ । यसबाहेक यूजरको पुरै च्याट हिस्ट्री समेत डिलिट हुनेछ ।

के तपाईँपनि ह्वाट्सएप प्रतिबन्धमा पर्नु भएको छ ? छ भने हामीलाई कमेन्ट गरेर शेयर गर्नुहोस् ।

easy care

प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार