राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय स्थापना

Technology Khabar २५ कार्तिक २०७६, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय स्थापना

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीमा स्थापना भएको छ । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सो प्रादेशिक कार्यालयको सोमबार समुदघाट्न गरे ।

उक्त अवसरमा सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउंदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा सुदूर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्द, ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदी, परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार

ताजा समाचार