अमेरिका, चीन, जापान र कोरियाले ५जी बजारमा नेतृत्व लिने, १ अर्ब ५७ करोड मानिस जोडिने अपेक्षा

Technology Khabar २५ कार्तिक २०७६, सोमबार

अमेरिका, चीन, जापान र कोरियाले ५जी बजारमा नेतृत्व लिने, १ अर्ब ५७ करोड मानिस जोडिने अपेक्षा
NTC_Advt

काठमाडौं ।

काठमाडौं । विश्वभर तिब्रताका साथ ५जी टेक्नोलोजीको बिस्तार र जडान हुँदैछ । विकसित केहि मुलुकहरुमा यो प्रविधि संचालनमा आईसकेको छ भने केहि मुलुकहरु ५जी नेटवर्कको जडानमा व्यस्त छन् ।

५जी जडान र प्रयोगसँगसँगै यसको अवस्था के हुन्छ भन्ने प्रक्षेपणसहितको रिपोर्टहरु पनि आईरहेका छन् । यसै सन्दर्भमा हालै सार्वजनिक एक रिपोर्टले सन् २०२५ सम्ममा तिब्रगतिको ५जी मोबाइल नेटवर्कमा आबद्ध भएका सेवाग्राहीहरुमध्ये चीन, अमेरिका, जापान र कोरियामा सबैभन्दा धेरै हुने देखाएको छ ।

सो रिपोर्टले यूरोपेली मुलुकहरुलाई पछाडि पार्दै विश्वभर ५जी नेटवर्कमा आबद्ध सेवाग्राहीहरु मध्ये आधा भन्दा धेरै ती मुलुकहरुबाट हुने उल्लेख गरेको छ ।

जीएसएमए इन्टेलिजेन्सको प्रतिवेदनअनुसार यूरोपमा निधै ढिला ५जी नेटवर्कहरुको विकास र जडान भईरहेको हुँदा ग्राहकहरुको अवस्थामा पछाडि पर्ने औंल्याईएको छ । यसबाहेक ५जी नेटवर्कसँगै आउने स्मार्ट फ्याक्ट्री, कनेक्टेड रोबोट, डिभाइस र सेन्सरहरुको व्यवसायमा पनि असर पर्ने देखिएको हो ।

युरोपेली मुलुकहरुले ५जी नेटवर्कको तिब्रतासँगै केहि सेकेण्डमा नै स्मार्टफोनमा मुभिहरु डाउनलोड गर्न सकिने अवस्था आएको छ । त्यसैले गर्दा नेटवर्क जडानसँगै स्मार्टफोन कम्पनीहरुले पनि डिभाइस निर्माणमा तिब्रता दिईरहेका छन् ।

जीएसएमए इन्टेलिजेन्सको प्रक्षेपणअनुसार कोरियामा ६६ प्रतिशत मोबाइल कनेक्सन मध्य दशकसम्म ५जीमा पुग्नेछ भने त्यसपछि अमेरिकामा ५० प्रतिशत र जापानमा ४९ प्रतिशत मोबाइल ५जीमा जोडिएका हुनेछन् ।

त्यस्तै संख्याको आधारमा हेर्ने हो भने चीन सबैभन्दा अगाडि हुनेछ जहाँ ६० करोड मानिस ५जीमा जोडिनेछन् । विश्वभर सन्२०२५ सम्ममा १ अर्ब ५७ करोड मानिसहरु ५जी नेटवर्कमा आबद्ध हुने अपेक्षा गरिएको छ, जून विश्वका सबै मोबाइल यूजर्सको तुलनामा १८ प्रतिशत हुन आउनेछ ।

यसबाहेक यसअघिको अनुभवको आधारमा हेर्दा क्यारियर कम्पनीहरुले ५जीको मूल्यमा वृद्धि गर्न सक्नेछन् । जसमा अधिक भन्दा अधिक अनलिमिटेड डाटा प्लान अफर गर्न सक्नेछन र त्यकको मूल्य १५ देखि २० प्रतिशत थप हुन सक्नेछ । तर त्यसका साथै प्रतिस्पर्धामा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । रोयटर्स

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार