सामसङको ट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए २०एस नेपाली बजारमा

काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए २०एस बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए २०एस मा नयाँ विशेषताहरु राखिएका छन् ।

कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी शेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतः निर्माण गरिएको छ । ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए २०एस मा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन रहेको छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।

“स्मार्ट फोन विजिनेसमा ग्लोबल लिडर भएको नाताले हामी प्रयोगकर्ताहरुका लागि अत्याधुनिक आविष्कार प्रदान गर्न निरन्तर प्रयासरत छौं । ग्यालेक्सी ए २०एस को विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी गरिएको हो । यसमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङ्गको साथ आकर्षक डिजाइन रहेको छ । लाइभ सम्बाद शेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझा अनुभवको साथ कनेक्ट गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गरिन्छ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

उत्कृष्ट भ्युइङ्ग अनुभव एवं शक्तिशाली व्याट्री

ग्यालेक्सी ए २०एस मा आकर्षक ६.५ इन्चको एचडी इन्फिनिटी–वी डिस्प्ले रहेको छ, जुन प्रयोगकर्ताहरुलाई जीवन्त अनुभव प्रदान गर्नेछ । यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जा लिन सकिन्छ । ग्यालेक्सी ए २०एसमा डल्वी एटमास सराउन्ड साउन्ड प्रविधि रहेको छ ।

हरेक पलहरुलाई क्याप्चर गर्नुहोस्

ग्यालेक्सी ए २०एसको ट्रिपल क्यामरामा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगा पिक्सलको डेप्थ क्यामरा रहेको छ, जसले अत्यन्त आकर्षक फोटो खिच्न सक्षम हुनेछ । ग्यालेक्सी ए २०एसमा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फी खिच्न सहयोग मिल्नेछ ।

ग्यालेक्सी ए २०एसमा क्वालकम स्न्यापड्रागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन सकिन्छ । यो डिभाइसमा स्लीक ८ एम एमको ऐना जस्तै फिनिसिङ्ग भएको अत्यन्त सुन्दर डिजाइन रहेको छ । विभिन्न आकर्षक हरियो, नीलो तथा कालो गरी ३ रंगहरुमा यो फोन उपलब्ध रहेको छ । ग्यालेक्सी ए २०एस ३ जीबी ¥याम र ३२ जीबी आन्तरिक स्टोरेज तथा ४ जीबी ¥याम ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको कम्पनीको भनाई छ ।

ग्यालेक्सी ए २०एस को खरिद मूल्य २० हजार ६९० रुपैयाँ तथा २३ हजार ९९० रुपैयाँ तोकिएको छ । यो फोन नेपाली बजारमा कार्तिक ८ गतेदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply