सन् २०१९ भित्रै ओपोले डुअल-मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने, क्वालकमको ५जी चीप राखिने

Technology Khabar २५ कार्तिक २०७६, सोमबार

सन् २०१९ भित्रै ओपोले डुअल-मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने, क्वालकमको ५जी चीप राखिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।

फाइभजी समिटमा ओपोको प्रतिनिधित्व गर्दै ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको ब्यापक प्रयोग हुने आफ्नो विश्वास ब्यक्तगर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेत गरे ।

“ओपो लगायत अन्य औद्योगिक सहपाथीका अथक प्रयासले फाइभजी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् ।”, ट्याङले भने, “हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ ।”

मे २०१९मा ओपोले स्विट्जरल्याण्डको टेलिकम कम्पनी स्विसकमसंग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गरेको थियो ।

Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार

तपाइको प्रतिक्रिया