सामसंग इमेल एपको डाउनलोड गूगल प्ले स्टोरमा १ अर्ब नाध्यो, अर्ब इन्स्टल हुने सामसंगको दोस्रो एप

Technology Khabar २४ कार्तिक २०७६, आईतवार

सामसंग इमेल एपको डाउनलोड गूगल प्ले स्टोरमा १ अर्ब नाध्यो, अर्ब इन्स्टल हुने सामसंगको दोस्रो एप
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसंगको इमेल एप हालै १ बिलियन अर्थात १ अर्ब भन्दा बढि पटक इन्स्टल भएको छ । सामसंग इमेल नामक सो एप गूगल प्ले स्टोरमा मात्रै १ अर्ब भन्दा बढि पटक डाउनलोड भएको हो ।

सामसंगको एप नै १ अर्ब भन्दा बढि डाउनलोड हुने यो दोस्रो एप हो । यसअघि यस्तो सफलता सामसंग इन्टरनेट नामक एपले मात्र हात पारेको थियो । सामसंग इन्टरनेट कम्पनीको निकै लोकप्रिय थर्ड पार्टी एप हो जून गत फेब्रुअरीमा नै १ अर्ब पटक डाउनलोड पुरा गरेको थियो । यो एपले १ वर्षभित्र ५० लाख भन्दा बढि डाउनलोड हुन सफल भएको थियो ।

यी दुबै एप्स सामसंगका ग्यालेक्सी डिभाइसहरुमा प्रिलोड गरिएका हुन्छन र यी एप्स कम्पनीको आफ्नै ग्यालेक्सी स्टोरबाट केहि बजारहरुमा समेत बितरण गर्ने गरिएका छन् ।

सामसंग इमेल एपमा इमेलमा विभिन्न फीचरहरु राखिएका छन तर यो एप धेरै प्रयोग नहुने एपमध्येमा पर्दछ किनकी अधिकांश स्मार्टफोनहरुमा जिमेल एप उपलब्ध हुन्छ । यो एप बिजनेस एकाउन्ट र पर्सनल एकाउन्ट दुबैका लागि उपयुक्त हुने गर्दछ भने यसमा एक्सचेन्ज एक्टिभ सिंक, स्पाम म्यानेजमेन्ट, इन्क्रिप्सनलगायतका फीचरहरु छन् ।

हाल यी एपहरुले १ अर्ब डाउनलोड पुरा गरेपछि हालै माइक्रोसफ्ट र सामसंगबिच भएको सम्झौतापछि सामसंगका थर्ड पार्टि धेरै एपहरु र सेवाहरु परिवर्तन हुनसक्ने संभावना रहेको छ ।

सामसंग इमेल एपको साइज २३ एमबीको छ भने यसको ६.०.०४.६ भर्सन उपलब्ध छ, जुन एन्ड्रोयड ८.० ओएस वा त्यो भन्दा नयाँमा मात्र संचालन हुन्छ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ कार्तिक २०७६, आईतवार

ताजा समाचार

Taiwan’s chip output soars in 2024 on AI, says TSMC

  • Technology Khabar
  • २३ कार्तिक २०८१, शुक्रबार