नेपाल टेलिकमले फोरजी सिम बितरण र स्तरोन्नती अभियान देशैभर गर्दै

काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।

यस कार्यक्रमअन्तर्गत गत कातिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य कम्पनीले सम्पन्न गरेको छ ।

कात्तिक २४ गते आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य गरेको छ भने कातिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक सातै प्रदेशका विभिन्न स्थानमा आयोजना भईरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply