१७ वटा वनप्लस ७टी प्रो स्मार्टफोन प्रयोग गरेर बनाईएको पियानो यस्तो डिजाइनमा

काठमाडौं । केहि दिनअघि स्मार्टफोन मेकर वनप्लसले ट्विटरमा एउटा फोटो राखेर चाँडै आउँदैछ भनेर लेखेको थियो र अधिकांशले भने बजारमा कम्पनीले फेरी नयाँ स्मार्टफोन ल्याउने अनुमान गरिरहेका थिए ।

तर त्यो तस्विर कुनै स्मार्टफोनको नभई पियानोको रहेको कम्पनीले स्पष्ट पारेको छ । हालै वनप्लसले सार्वजनिकरुपमा वनप्लस पियानो बनाएको घोषणा गरेको छ । तर यो निकै विशेष र खास किसिमको पियानो रहेको छ ।

वनप्लसले बनाएको विशेष पियानोमा १७ वटा वनप्लस ७टी प्रो स्मार्टफोन यूनिटहरु प्रयोग गरिएको छ ।

यी यूनिटहरुलाई यसरी मिलाईएको छ की जसले निरन्तर र स्मूथ किबोर्डको रुपमा काम गर्नेछ । यो पियानोले वनप्लस ७टी प्रोको ९०हर्ज फ्ल्यूड डिस्प्ले टेक्नोलोजीको सहयोगबाट पियोनो बनाउनेहरुलाई सहज बनाउने छ । अर्थात वनप्लस ७टी प्रोको डिस्प्लेमार्फत पियानिस्टले पियानो बजाउने छन् र फोनको डिस्प्लेको स्मूथनेसको प्रभाव देखाउने छन् ।

यो पियानो सर्वसाधारणले प्रयोग गर्न समेत पाउनेछन् तर कम्पनीले विशेष स्थानहरुमा मात्र यसलाई सार्वजनिक गर्नेछ । यदि तपाईँ बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डमा निर्धारित तोकिएको समयमा हुनुहुन्छ भने तपाईँले सो विशेष वनप्लस पियानोको अनुभव गर्न सक्नुहुनेछ ।

स्रोत

Leave a Reply