शाओमी रेडमी के ३० स्मार्टफोन यहि वर्ष आउने, पन्च होल डिस्प्ले डिजाइन र ५जी चीपसेट

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफ्नो रेडमी ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सन् २०१९ भित्रै आफ्नो नयाँ स्मार्टफोन रेडमी के ३० सार्वजनिक गन लागेको हो ।

यो नयाँ रेडमी स्मार्टफोनलाई यसअघिको रेडमी के२० को अपग्रेड भर्सनको रुपमा लन्च गरिनेछ । रेडमी के२० यो वर्षको शुरुवातमा लन्च गरिएको थियो ।

कम्पनीले रेडमी के ३० सिरिजमा के ३० प्रो पनि सार्वजनिक गर्नेछ ।

शाओमीले रेडमी के२० मा पपअप क्यामरा डिजाइन राखेको थियो तर अहिले भने के ३० सिरिजमा पन्च डिजाइन राख्न सक्नेछ । यसको डिजाइन सामसंग ग्यालेक्सी एस१० सिरिजको जस्तै हुनसक्नेछ । यो फोनमा सामसंगको इनफिनिटी ओ डिस्प्ले रहेको छ ।

रेडमी के ३० स्मार्टफोनमा ५जी सपोर्ट हुनेछ भने यो डिभाइसको केहि तस्विरहरु चीनको माइक्रो ब्लग वेबोमा आईसकेका छन् । रेडमी के ३० मा मिडियाटेकको मिडरेन्जको ५जी चीपसेट हुने बताईएकोछ ।

तस्विरअनुसार यो स्मार्टफोनमा होल पन्च डिस्प्ले र ड्यूल सेल्फी क्यामरा राखिनेछ ।

Leave a Reply