राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित ‘आरबिबि इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु

Technology Khabar २२ कार्तिक २०७६, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित ‘आरबिबि इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत RBB Empowerment Academy मा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्ने उद्धेश्यले शुक्रबारबाट शुभारम्भ गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयां नयां उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताए ।

पहिलो चरणअन्तर्गत एकेडेमीबाट २०७६ कार्तिक १ गतेबाट १५ गतेसम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो ।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने जानकारी दिएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दिपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको जनाएको छ ।

easy care

प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार