Technology Khabar २२ कार्तिक २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । गूगलले प्ले स्टोरलाई सुरक्षित बनाउन थप कदम उठाएको छ । कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग मिलेर गूगल प्ले स्टोरमा भएका मालिसियस एप्स र एन्ड्रोयड यूजरलाई हुने खतरालाई हटाउने भएको हो ।
कम्पनीको नयाँ सहकार्यलाई एप डिफेन्स एलाएन्सको नाम दिईएको छ ।
‘गूगलकाअनुसार एन्ड्रोयडमा २करोड ५० लाख डिभाइसहरु रहेका छन भने यो सँधै ह्याकरहरु र फाइदालिनेहरुको टार्गेट बन्दै आएको छ ।
हामी यो सहकार्यले नयाँ तहमा पुर्याउनेमा उत्सुक छौं, जसमा गूगल, इसेट, लुकआउट र जिम्पेरियमको सहकार्यछ । यसलाई एप डिफेन्स एलाएन्स भनिनेछ र साथसाथै हामी खराब एप्सहरुलाई रोक्न र यूजर्सको डिभाइसहरुमा पहुँच पुर्याउन रोक्नेछौं,’ कम्पनीले भनेको छ ।
प्ले स्टोरमा नदेखिने मालवेयर र सिक्रेट कोडहरु जासुसी गर्न वा यूजसको संवेदनशिल डाटा चोर्नका लागि राखिने गरिन्छन् ।
कम्पनीले दक्ष अनुसन्धानकर्ताहरुको सहयोग र उनीहरुले बताएका इन्जिनहरुको मद्धत उपयोगी हुने बताएको छ ।
यसअतिरिक्त यो सहकार्यअन्तरगत पार्टनर संस्थाहरुले गूगल प्ले प्रोटेक्सन डिटेक्सन सिस्टमसँग प्रत्येक संस्थाको स्क्यानिङ्ग इन्जिनहरुलाई एकिकृत गर्नेछ ।
प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार