अपटेड समाचार

कम्प्यूटर निर्माता कम्पनी एचपी इंकलाई प्रिन्टर कम्पनी जेरोक्सले किन्ने प्रस्ताव

काठमाडौं । प्रिन्टर निर्माता कम्पनी जेरोक्सले कम्प्यूटर कम्पनी एचपी इंक किन्ने योजना बनाएको छ । यसबारेमा आएका चर्चाहरुलाई पुष्टि गर्दै एचपीले सो विषयमा कुराकानी भईरहेको र आगामी दिनमा शेयरहोल्डरको हितमा निर्णय गरिने बताएको छ ।

जेरोक्स होल्डिंग्स कर्पोरेसनले एचपी इंकलाई २७ बिलियन डलरमा एचपीलाई किन्ने योजना बनाएको हो ।

एचपीलाई किन्न ईच्छुक रहेको जेरोक्स कम्पनी एचपी भन्दा करिब ३ गुणा सानो छ एचपीको मार्केट भ्यालू हाल २७ बिलियन डलर छ भने जेरोक्सको केबल ८ बिलियन डलर मात्र छ । तर जेरोक्सले आफ्नो केहि बिजनेस बेचेर थप २.८ बिलियन डलर नगद आर्जन गर्ने जानकारी दिएको छ ।

Cheap Sex Cam Website