कोरियाली कम्पनी ह्योसुङ टिएनएस इन्कले मेक्सिकोमा ८ हजार थान एटिएम आपूर्ति गर्ने

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

कोरियाली कम्पनी ह्योसुङ टिएनएस इन्कले मेक्सिकोमा ८ हजार थान एटिएम आपूर्ति गर्ने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक सामाजिक परियोजनाका लागि ८ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।

ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका ८ हजार थान एटिएम बिक्री आपूर्ति गर्नेछ ।

समूहका अनुसार नयाँ सम्झौता लगत्तै ग्रुपअन्तरगतको ह्युसोङ टिएनएस कम्पनीको बजार हिस्सा मेक्सिकोमा २ देखि १५ प्रतिशतसम्म वृद्धि हुनेछ ।

आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ ।

यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गरेका छन । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो ।

easy care

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार