एनसेलद्धारा फिक्स्ड वायरलेस इन्टरनेट सेवा संचालन, निःशुल्क वायरलेस ब्रोडब्याण्ड राउटर दिने

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

एनसेलद्धारा फिक्स्ड वायरलेस इन्टरनेट सेवा संचालन, निःशुल्क वायरलेस ब्रोडब्याण्ड राउटर दिने

काठमाडौं ।

काठमाडौं । एनसेल प्रालिले नेपालमा पहिलो पटक नयाँ प्रविधि प्रयोग गरेर ग्राहकहरुलाई इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले फिक्स्ड वायरलेस इन्टरनेट सेवा संचालन गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

यसमा रेडियो रिसिभर ट्रान्समिटरका साथमा राउटरको प्रयोग गरी सिधै ग्राहकको घरमा वायरलेस ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन सकिन्छ ।
एनसेलले कैलालीको टिकापुरमा मात्रै वायरलेस ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन थालेको हो ।

एनसेलले हालका लागि फिक्स्ड वायरलेस इन्टरनेटअन्तरगत दुई वटा प्लान ल्याएको छ । जसमध्ये ५९९ रुपैयाँमा अनलिमिटेड ५० जीबी डाटा उपलब्ध हुनेछ भने अर्को ३४९ रुपैयाँमा अनलिमिटेड २५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

३० दिनसम्म प्रयोग गर्न सकिने प्लानको डाटा भोल्युम सकिएपछि भने इन्टरनेटको गति १ एमबीपीएस हुने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले वायरलेस ब्रोडब्यान्ड सेवा प्रयोगकर्ताका लागि निःशुल्क एनसेल वायरलेस ब्रोडब्याण्ड राउटर पनि दिने जानकारी दिएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

ताजा समाचार