खल्ती र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन बीच विद्यार्थीलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

खल्ती र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन बीच विद्यार्थीलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता

काठमाडौं ।

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने, “दुबै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो । यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । साथै, हामीले खल्तीमा इन्टर्र्निशप गर्न आउनुहुने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौँ ।”

त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले भने, “खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौँ । खल्ती सँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ।”
‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार