नोकियाले आफ्नो पहिलो स्मार्ट टिभी भारतमा लन्च गर्दै, फ्लिपकार्टले उत्पादन र बिक्री गर्ने

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

नोकियाले आफ्नो पहिलो स्मार्ट टिभी भारतमा लन्च गर्दै, फ्लिपकार्टले उत्पादन र बिक्री गर्ने
Classic Tech

काठमाडौं । नोकिया भन्ने बित्तिकै अधिकांश मानिसहरुलाई मोबाइल फोन ब्राण्डको नाम याद आउँछ । टेक कम्पनी नोकियाले मोबाइल फोन बाहेक टेक्नोलोजीमा आधारित विभिन्न उत्पादन तथा सेवाहरु प्रदान गर्दछ ।

नोकियाको नाम मोबाइल फोनको पर्यायवाची नै हो भन्दा फरक पर्दैन् । तर के तपाईँलाई थाहा छ नोकियाले ९० को दशकमा वाइडस्क्रीन टिभी समेत बनाउने गर्दथ्यो भनेर । नोकियाले त्यसपछिको समयमा अन्य टेक उत्पादनहरुमा ध्यान केन्द्रित गरेपछि कम्पनीले आफ्नो टिभी प्रतिको लगावलाई छोड्न सकेको छैन् ।

सायद त्यसैले होला नोकियाले स्मार्ट टेलिभिजनको रेन्जहरु भारतीय बजारमा ल्याउने योजना गरिरहेको छ ।

भारतीय रिटेल ईकमर्श कम्पनी फ्लिपकार्टले नोकिया नाममा विभिन्न श्रेणीका नोकिया नाम भएका स्मार्ट टिभीहरु लन्च गर्ने योजना लिएको छ । यो स्मार्ट टिभी अहिले एचएमडीले नोकिया ब्राण्डमा स्मार्टफोन सार्वजनिक गरेको जस्तै किसिमको हुनेछ । ब्राण्ड नाम नोकिया भएपनि फ्लिपकार्टले त्यसलाई ल्याउने छ ।

सो स्मार्ट टिभीमा जेबीएलको साउण्ड सिस्टम प्रयोगहुने बताईएको छ । भारतमा जेबीएल ब्राण्डकोे औपचारिकरुपमा पहिलो किसिमको यस्तो शुरुवात हुनेछ ।

‘हामी धेरै हर्षित छौं कि भारतको नेतृत्वदायी ईकमर्श फ्लिपकार्टले पहिलो पटक नोकिया ब्राण्डमा स्मार्ट टिभीहरु भारतमा ल्याउनेछ । नोकिया ब्राण्डमा नयाँ क्याटोगरीमा नयाँ च्याप्टर शुरुवात हुन लागेको छ । भारतमा हाम्रो ब्राण्डलाई गुणस्तर, डिजाइन र दिगोपनाको रुपमा विश्वास गर्ने गरिन्छ,’ नोकिया ब्राण्ड पार्टनरसिपका भाइस प्रेसिडेन्ट विपुल मेहरोट्राले भने ।

नोकिया स्मार्ट टिभीहरु यसअघि आएको वनप्लस स्मार्ट टिभीको जस्तै किसिमले बजारमा आउने अनुमान गरिएको छ । किनकी भारतमा अधिकांश मानिसहरुले इन्टरनेटमा जोडिनका लागि आफ्नो फोनको अधिक प्रयोग गर्ने गर्दछन्, त्यसैले पनि कम्पनीले सोहि नाममा टिभी ल्याएर ग्राहकहरुको घरमा पुग्ने अपेक्षा गरेको छ ।

फ्लिपकार्टले नोकिया ब्राण्डमा स्मार्टफोन स्थानीयस्तरमा नै उत्पादन गर्नेछ भने बिक्रीको जिम्मा पनि आफैंले लिने विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

Loading...