ओपो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालन, सहकार्य थप सुदृढ बनाउने लक्ष्य

Technology Khabar २० कार्तिक २०७६, बुधबार

ओपो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालन, सहकार्य थप सुदृढ बनाउने लक्ष्य

काठमाडौं ।

चीन । ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ ।

यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनी बिचको सहकार्यलाई अझ गहिरो र सटिक बनाउने अपेक्षा गरिएको छ । नयाँ ल्याब मार्फत ओपो र एरिक्सनले वैश्विक सहकार्य झल्काउने, एक अर्कासंग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा फाइभजी उत्पादन तथा नेटवर्क परफरमेन्स सुदृढ बनाउँदै वैश्विकस्तरमा फाइभजीको बृहत्त तैनाथीमा सघाउ पु¥याउने उद्देश्य लिइएको कम्पनीले जानकारी दिएको छ ।

“यो पहलले एरिक्सनको फाइभजी नेटवर्क तथा पूर्वाधार प्रविधि र यसको वैश्विक सञ्चालक सञ्जाललाई ओपोको अनुभव र फाइभजी मानक विकास, प्रविधि र प्रयोग अवस्था लगायत माथिको विशेषज्ञताले अझ अघि लान सक्नेमा हामी आशावादी छौँ,” ओपोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष एण्डि वुले भने, “हामी यस क्षेत्रमा विद्यमान तथा फाइभजी यूगमा आउन सक्ने चुनौति तथा अवसर आत्मसात गर्दै विश्वभरका उपभोक्ता सम्म अझ सुदृढ फाइभजी उत्पादन तथा अनुभव पस्कने पहल गर्नेछौँ ।”

“दूबै कम्पनीको क्षमतामा थप तिब्रता ल्याइ नयाँ प्रयोग सम्भावना तथा उपभोक्ताका लागि उपयोगिता थप्दै बजारमा यसले फाइभजी ईकोसिस्टमको विविधता माथि उल्लेख्य योगदान पु¥याउन सघाव मिल्ने छ”, एरिक्सनका उपाध्यक्ष तथा हेड अफ नेटवर्कस  फर नर्थ ईस्ट एसिया, लुका ओर्सिनीले भने ।

सन् २०१८को तेस्रो क्वार्टरदेखि नै दूबै कम्पनीले फाइभजी उत्पादनको ब्यवसायिक उपलब्धताका लागि ओपोका ह्याण्डसेट्स तथा एरिक्सनका स्विडेन, जर्मनी र चीनका लोकल अपरेटर पार्टनर्सका फाइभजी पूर्वाधारमा संयुक्तरुपमा फाइभजी परिक्षण गरिरहेका छन् ।

यही बर्षको सुरुवातमा आयोजित एमडब्लयूसी २०१९मा ओपो र एरिकसनले संयुक्तरुपमा अवलोकनकर्ताहरुका लागि फाइभजी स्मार्टफोन र क्लाउड गेमिङ सिनेरियोको प्रदर्शनीपनि गरिसकेको कम्पनीले जनाएके छ ।

Sajilo Visa

प्रकाशित: २० कार्तिक २०७६, बुधबार

तपाइको प्रतिक्रिया