विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब भन्दा बढि पुगे, इन्टरनेट प्रयोगमा भने लैङ्गिक भिन्नता देखियो

Technology Khabar २० कार्तिक २०७६, बुधबार

विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब भन्दा बढि पुगे, इन्टरनेट प्रयोगमा भने लैङ्गिक भिन्नता देखियो
Classic Tech

काठमाडौं । विश्वभर आधा भन्दा बढि महिलाहरुले अझैपनि इन्टरनेट प्रयोग नगर्ने तथ्यांक सार्वजनिक भएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिन पछाडि रहेको देखिएको छ ।

हालै सार्वजनिक ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ नामक रिपोर्टकाअनुसार विश्वभरका करिब ५२ प्रतिशत महिलाहरुले इन्टनरेट प्रयोग नगर्ने गरेको देखिएको छ । तथ्यांकअनुसार यो संख्या पुरुषहरुमा भने ४२ प्रतिशत रहेको छ ।

अमेरिकामा बाहेक अन्य देशहरु तथा क्षेत्रहरुमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या महिलाको तुलनामा निकै माथि रहेको छ । अमेरिकामा भने यो संख्या करिब समान जस्तैछ ।

विश्वभरीका महिलाहरुमध्ये ४८ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका छन भने पुरुषहरुमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको सो रिपोर्टमा डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरुमा कम हुँदै गएपनि अफ्रिका, अरब मुलुकहरु र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको छ । विशेषगरि अति कम विकसित मुलुकहरुमा यो भिन्नता अधिक रहेको छ ।

आईटियूका महासचिव हौउलिन झाओले विश्वको जनसंख्याको आधा भन्दा बढिले इन्टरनेट प्रयोग गरिरहेको बेलामा नयाँ रिपोर्टले कनेक्टिभिटीको विषयलाई थप बुझ्न सहयोग गर्ने बताईन् ।

मोबाइल नेटवर्क र मोबाइल फोन लैगिङ्ग भिन्नता

आईटियूको डाटाअनुसार ९७ प्रतिशत विश्व जनसंख्या हाल मोबाइल सेलुसर सिग्नलका साथमा रहेको र नेटवर्क पुगेको मध्ये ९३ प्रतिशत थ्रजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् ।

अमेरिकी मुलुकहरु, युरोप र एशिया प्यासिफिक क्षेत्रमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या ३जी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कमा आबद्ध रहेका छन् । यस्तो संख्या अरब मुलुकहरुमा ९१ प्रतिशत छ भने कमनवेल्थ स्वतन्त्र राज्यहरुमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरुमा ७९ प्रतिशत रहेको छ ।

आईटियूकाअनुसार ८५ देशहरुको तथ्यांक हेर्दा, मोबाइल फोनमा स्वामित्वअन्तरगत ६१ प्रतिशत पुरुषहरुसँग महिलाको तुलनामा अधिक मोबाइल फोन छ भने बाँकी २४ मुलुकहरुमा मोबाइल फोन अधिकार हेर्दा पुरुषहरुको तुलनामा महिलामा बढि स्वामित्व रहेको छ । तर चिलिमा भने महिलासँग मोबाइल फोनको स्वामित्व केबल १२ प्रतिशत रहेको छ ।

आईटियूले मोबाइल फोन स्वामित्व र इन्टरनेट लैगिङ्ग भिन्नताबिच समेत सम्बन्ध रहेको सुनिश्चित गरेकोछ । जुन देशमा मोबाइल फोन स्वामित्वमा लैगिङ्ग भिन्नता छ त्यहाँ इन्टरनेट प्रयोग नगर्ने महिलाहरुको संख्या पनि उच्च छ । यसको अर्थ मोबाइल फोन स्वामित्व इन्टरनेटसम्मको पहुँचका लागि महत्वपूर्ण माध्यम भएको देखिन्छ ।

महिलाको मोबाइल फोन स्वामित्वको विषयलाई सम्बोधनले इन्टरनेट जेण्डर ग्यापलाई कम गर्न सकिने आईटियूको ठहर छ ।

३ अर्ब ६० करोड मानिस अफलाइनमा

आईटियूकाअनुसार अझै करिब ३ अर्ब ६० करोड मानिसहरु अफलाइनमा रहेका छन भने ४ अर्ब १० करोड मानिसहरु इन्टरनेटमा जोडिएका छन् । कुल विश्व जनसंख्याको ५३.६ प्रतिशत मानिस इन्टरनेट प्रयोग गर्दछन् ।तथ्यांकअनुसार अति कम विकसित मुलुकहरुमा अधिक मानिसहरु इन्टरनेट भन्दा बाहिर छन जहाँ १० मध्ये २ जनामात्र इन्टरनेट प्रयोग गर्दछन् ।

विकसित मुलुकहरुमा भने इन्टरनेट प्रयोग चरम बिन्दुमा पुगेको छ, जसमा ८७ प्रतिशत मानिसहरु अनलाइनमा छन् । यूरोपमा ८२.५ प्रतिशतका साथ सबैभन्दा धेरै इन्टरनेट यूजर्स छन भने सबैभन्दा थोरै २८.२ प्रतिशत अफ्रिकी मुलुकमा देखिन्छ ।

सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचमा हुने आईटियूको अनुमान छ ।

अवरोध

विश्वभर इन्टरनेट प्रयोगमा डिजिटल सिप नहुनु नै सबैभन्दा ठूलो अवरोधको रुपमा मानिएको छ । त्यसैगरि यसको उपलब्धता र मूल्यलाई पनि मुख्य अवरोध बताईएको छ । र यी अवरोधहरु विशेषगरि अति कम विकसित मुलुकहरुमा देखिएको छ । उपलब्ध ८४ देशहरुमध्ये ४० देशमा कम्प्यूटर सिपमा भएका जनसंख्या आधा भन्दा कम रहेको देखिएको छ ।

TK Viber

प्रकाशित: २० कार्तिक २०७६, बुधबार

Loading...