३ लाख भन्दा बढि सामानहरुमा छूटहरुका साथ दराजले ११.११ सेल डे मनाउने

Technology Khabar २० कार्तिक २०७६, बुधबार

३ लाख भन्दा बढि सामानहरुमा छूटहरुका साथ दराजले ११.११ सेल डे मनाउने

काठमाडौं ।

काठमाडौं । नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातबाट सुरु हुने घोषणा गरेको छ ।

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ११.११ सेल डेको बारेमा जानकारी दिएको छ । सो अवसरमा कम्पनीले गरेको तयारीको बारेमा जानकारी दिईएको थियो ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, “३००० भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै बिकसित वितरण प्रविधिका साथ यो ११.११ लाई झनै राम्रो र भव्य बनाउदै छौं । अहिलेसम्म भएका अभियानहरुबाट सिकी हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्नसक्छौं भन्ने विश्वास राख्दछौं।”

यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली, इन–एप गेमहरु, डेबिट/क्रेडिटमा छूटहरु, शेकशेक, मेगा भाउचरहरु, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, दराज साथी, अर्ली बर्ड अफरहरु, बण्डल अफरहरु, फ्लेश सेल र यस लगायत अन्य धेरै अफरहरु पनि छन् ।

उपभोक्ताहरुले दराजको ५ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउने कम्पनीले जानकारी दिएको छ ।

दराजका चिफ अपरेटिंग अफिसर विमल अर्यालले भने, ‘दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न धेरै तयारीहरु गरी नै रहेको छ, र वितरण समय बढ्न सक्नेछ । ११.११ सेलमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरुको लागि तयारि गर्न दराजले ४०० थप दराज हीरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर एजेंटहरु थपेको छ ।’

३००० बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस भनेर दराजले बिक्रेताहरुलाइ निःशूल्क ट्रेनिङ्ग पनि दिदै आएको छ । साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ ।

नोभेम्बर ११ तारिखलाई चीनमा सिंगल्स डे भनेर मनाईने गरेकोमा अलिबबाले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारि छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि विश्वभर सेल डेको रुपमा मनाउने गरिन्छ ।

यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा अलिबाबासँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने गर्दछ ।

easy care

प्रकाशित: २० कार्तिक २०७६, बुधबार