यस्तो छ विश्वको पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको शाओमीको सीसी९ प्रो स्मार्टफोन

Technology Khabar १९ कार्तिक २०७६, मंगलवार

यस्तो छ विश्वको पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको शाओमीको सीसी९ प्रो स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता कम्पनीहरुले क्यामरा प्रविधिमा निकै जोड दिईरहेको देखिन्छ । प्रत्येक पल्ट नयाँ स्मार्टफोन आउँदा त्यसमा भएको क्यामरा टेक्नोलोजीमा केहि नयाँ पन देख्न सकिन्छ ।

क्यामरालाई नै ध्यानमा राखेर हालै चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी सीसी९ प्रो (Xiaomi CC9 Pro) लन्च गरेको छ । कम्पनीले विश्व बजारमा पहिलो पटक १०८ मेगापिक्सेलको क्यामरासहितको नयाँ स्मार्टफोन ल्याएको हो । यसअघि नै चर्चामा रहेको सो स्मार्टफोनमा १०८ मेगापिक्सेलको पेन्टा लेन्स, कभ्र्ड डिस्प्ले, अधिक पावरयुक्त ब्याट्री र शक्तिशाली प्रोसेसर राखिएको छ ।

शाओमीको यो नयाँ स्मार्टफोन कभ्र्ड डिजाइनमा रहेको छ । यो स्मार्टफोनमा ६.४७ इन्चको एमोलेड फूलएचडी प्लस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०x२३४० पिक्सेल रहेको छ । यसको कभ्र्ड डिस्प्लेलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित पारिएको छ । यसबाहेक यो फोनमा अन स्क्रीन फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

स्न्यापड्रागन ८५५ को जस्तै आर्किटेक भएको क्वालकम स्न्यापड्रागन ७३०जी चीपसेट यो स्मार्टफोनमा प्रयोग गरिएको छ । यसको सिपियू यसअघिको जेनेरेशनको भन्दा ३५ प्रतिशत उत्कृष्ट, जीपीयू २५ प्रतिशत उत्कृष्ट र एआईको कार्यक्षमता दोब्बरले सुधार गरिएको छ ।

यो स्मार्टफोन ६ जीबी र्याम र ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजको अप्सनसहित आउँछ ।

कम्पनीले यसमा ५,२६० एमएएचको ब्याट्री राखेको छ भने चार्जका लागि ३० वाटको फास्ट चार्जिंग सपोर्ट रहेको छ । यसको फास्ट चार्जले फोनलाई ६५ मिनेटमा पुरै चार्ज गर्दछ ।

फोटोग्राफीका लागि यसमा पेन्टा रियर क्यामरा सेटअप अर्थात पाँच क्यामरा राखिएको छ । जसमा मुख्य क्यामरा १०८ मेगापिक्सेल आईएसओसेल एचएमएक्स सीमोस सेन्सर प्रयोग गरिएकोछ ।

यो क्यामरा सेन्सरले खिचेको फोटोको साएज २० एमबीभन्दा बढि हुन्छ । यसका साथै यसमा १२ मेगापिक्सेलको १० एक्स अप्टिकजुमसहितको सेन्सर तथा ५ मोगपिक्सेल, २० मेगापिक्सेल र २ मेगापिक्सेलको क्यामरा रहेको छ ।

कम्पनीकाअनुसार यसमा जूम गरेर फोटो खिच्दा पनि कुनै समस्या आउँदैन् ।

शाओमीको सीसी ९ प्रो स्मार्टफोन एन्ड्रोयड ९ पाईमा आधारित एमआईयूआई ११ यूआईसहित आउाछ भने यसमा फोरजी भोल्टे, वाईफाई, ब्लूटूथ ५.०, जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएमको हेडफोन ज्याकसहित आउँछ ।

यो स्मार्टफोन म्याजिक ग्रीन, आइ औरोरा र फ्यान्टम ब्ल्याक कलर अप्सनमा उपलब्ध हुन्छ ।

कम्पनीकाअनुसार ६जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य २,७९९ यूआन, ८जीबी र्याम र २५६ जीबी स्टोरेज भेरिएन्टको मूल्य ३,०९९ यूआन तथा ८जीबी र्याम र २५६ जीबी स्टोरेजको एक्सक्लूसिभ एडिसनको मूल्य ३,४९९ यूआन तोकिएको छ ।

यो स्मार्टफोन नोभेम्बर ११ तारिखको मध्यरातदेखि चीनमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार