ह्वावेमा अनुसन्धान तथा विकासका लागि मात्रै विश्वभर ८० हजार कर्मचारी कार्यरत

Technology Khabar १९ कार्तिक २०७६, मंगलवार

ह्वावेमा अनुसन्धान तथा विकासका लागि मात्रै विश्वभर ८० हजार कर्मचारी कार्यरत

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले अनुसन्धान तथा विकासमा ८० हजार कर्मचारीहरु विश्वभर प्रयोग गरिरहेको जानकारी दिएको छ ।

हालै फ्रान्सको पेरिसमा आयोजित ह्वावे इन्नोभेसन डेको अवसरमा ह्वावे स्ट्राटेजीक रिसर्च इन्स्टिच्यूटका निर्देशक झु वेनवेईले ह्वावेको अनुसन्धान तथा विकासको क्षेत्रमा कुल खर्चको ४५ प्रतिशत खर्च गर्ने जानकारी दिएका हुन् ।

कम्पनीले दिर्घकालिन अनुसन्धान तथा विकासमा लगानी गरिरहेको र सन २०१८ मा त्यस्तो लगानी १५ बिलियन डलर रहेको थियो । अनुसन्धानको क्षेत्रमा लगानी गर्ने प्रमुख ५औं कम्पनी ह्वावे रहेको यूरोपियन यूनियनले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।

निर्देशक वेनवेईकाअनुसार ह्वावेले आगामी दिनमा आर एण्ड डि मा थप लगानी गर्दै २० प्रतिशत भन्दा धेरै पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले हाल कटिंग एज र बेसिक टेक्नोलोजी रिसर्चमा लगानी गर्दै आएको छ । एजेन्सी

easy care

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

ताजा समाचार