फेसबुकले परिवर्तन गर्यो आफ्नो ब्राण्ड लोगो, फेसबुक कम्पनी र फेसबुक एप बिच भिन्नता देखाउने

Technology Khabar १९ कार्तिक २०७६, मंगलवार

फेसबुकले परिवर्तन गर्यो आफ्नो ब्राण्ड लोगो, फेसबुक कम्पनी र फेसबुक एप बिच भिन्नता देखाउने

काठमाडौं । सोशियल मिडिया कम्पनी फेसबुकले आफ्नो कम्पनीको नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एप्लिकेसन भन्दा फरक देखाउन नयाँ लोगो ल्याएको बताएको छ ।

कम्पनीले नयाँ ब्राण्ड लोगो आफ्ना उत्पादनहरु र मार्केटिंग सामाग्रीहरुमा प्रयोग गर्न शुरु गर्ने सोमबार बताएको छ ।

कम्पनीका चिफ मार्केटिंग अफिसर एन्टोनियो लुसिओले ब्लग पोस्टमा भने, ‘हामी नयाँ कम्पनी लोगो सार्वजनिक गर्दैछौं र फेसबुक एपबाट फेसबुक कम्पनीलाई फरक देखाउनेछौं, फेसबुक एपले भने आफ्नै ब्राण्ड राख्नेछ ।’

उनले नयाँ ब्राण्ड लोगो स्पष्टताका लागि भएको भन्दै यसमा कस्टम टाइपोग्राफी र क्यापिटलाइजेसन प्रयोग गरिएको जानकारी दिए । जसले कम्पनी र एपबिच सिर्जनात्मक भिन्नता समेत देखिने बताए ।

फेसबुकले नयाँ ब्राण्ड लोगो सार्वजनिक गर्नुको मुख्य उद्धेश्य भनेको कुन कम्पनीका उत्पादनहरु उनीहरुले प्रयोग गरिरहेका छन भनेर थाहा दिनका लागि पनि हो । कम्पनीले फेसबुक एप, मेसेन्जर, इन्टाग्राम, ह्वाट्सएप, ओकुलस, वर्कप्लेस, पोर्टल र क्यालिब्रा प्रडक्ट र सर्भिसहरु दिने गर्दछ ।

नयाँ ब्राण्डलाई फेसबुकले आफ्नो नयाँ कम्पनी वेबसाइटमा समेत प्रयोग गर्ने जनाएको छ ।

TK Viber

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

Loading...