यस्तो लोगो डिजाइनमा आउनेछ माइक्रोसफ्टको इन्टरनेट ब्राउजर ‘एज’

Technology Khabar १९ कार्तिक २०७६, मंगलवार

यस्तो लोगो डिजाइनमा आउनेछ माइक्रोसफ्टको इन्टरनेट ब्राउजर ‘एज’

काठमाडौं । माइक्रोसफ्टले आफ्नो इन्टरनेट ब्राउजरको लोगो नयाँ तयार पारेको छ । कम्पनीले हालै क्रोमियममा आधातिर एज ब्राउजरको नयाँ लोगो सार्वजनिक गरेको हो ।

सफ्टवेयर जायन्टले आफ्नो एज आइकन ४ वर्षअगाडि सार्वजनिक गरेको थियो भने अहिले नयाँ लोगो ल्याएको हो ।

माइक्रोसफ्टले आफ्नो नयाँ ब्राउजरको लोगो मिनि गेम्सको मार्फत रोचक तरिकाले सार्वजनिक गरेको हो । जसमा एजको क्यानारी भर्सन भित्र साना साना गेमहरु राखिएको थियो ।

नयाँ लोगो हेर्दा वेभ अर्थात तरंग जस्तो देखिन्छ । भने यो आधारभूतरुपमा कम्पनीको नयाँ अफिस आइकनहरु जस्तै रहेको छ ।

नयाँ लोगोमा यसअघिको जस्तै अंग्रेजी अक्षरको सानो आकार राखिएको छ तर यो हेर्दा इन्टरनेट एक्सप्लोलरको जस्तो भने देखिँदैन् ।

नयाँ लोगोका साथमा कम्पनीले पुरै परम्परागत डिजाइनलाई परिवर्तन गरेको जस्तो देखिन्छ ।

माइक्रोसफ्ट एजको क्रोमियम भर्सनको कयौं महिनादेखि परीक्षण चलिरहेको छ जसमा क्यानारी, डेभलपर्स र बीटा भर्सनको ब्राउजर रहेका छन् ।

हाल यो लोगो सामान्य एज इन्टरनेट ब्राउजर प्रयोगकर्ताहरुको लागि भने उपलब्ध छैन् । तर नयाँ लोगो सार्वजनिक भएसँग माइक्रोसफ्ट एजको नयाँ भर्सन छिटै घोषणा हुने अनुमान गरिएको छ । माइक्रोसफ्टले आगामी साता इग्नाइट कन्फ्रेन्स आयोजना गर्दैछ र संभवत त्यहाँ नयाँ लोगो घोषणा हुनसक्ने बताईएको छ।

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

Comments are closed.

Loading...