अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादन बेच्न छिटै पाउने

Technology Khabar १८ कार्तिक २०७६, सोमबार

अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादन बेच्न छिटै पाउने

काठमाडौं ।

काठमाडौं । अमेरिकाले चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजिजलाई केहि राहत दिने भएको छ । अमेरिकी बाणिज्य सेक्रेटरी विल्बर रोजले छिटै ह्वावेलाई अमेरिकी कम्पनीहरुले आफ्ना उत्पादनहरु बेच्न सक्ने सुविधा आउने बताएका छन् ।

उनले हालै ब्लूमबर्गलाई दिएको अन्तर्वातामा सो कुरा बताएका हुन् ।

रोजले लाइसेन्स धेरै छिटो आउने र अमेरिकी सरकारले करिब २०६ वटा अनुरोधहरु प्राप्त गरेको जानकारी दिए । उनकाअनुसार सो संख्या अपेक्षा गरेभन्दा निकै धेरै हो ।

यसअघि गएको मे महिनामा अमेरिकी सरकारले ह्वावेलाई राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै कालोसूचीमा रोखेको थियो । सो कालोसूचीका कारण अमेरिकी कम्पनीहरुले आफ्ना सेवा तथा वस्तुहरु ह्वावेलाई बिक्री गर्न पाएका थिएनन् ।

ह्वावेलाई बेच्नको लागि विशेष अनुमति पर्ने नियम लागू गरिएको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १८ कार्तिक २०७६, सोमबार

ताजा समाचार