माइक्रोसफ्टले एन्ड्रोयडमा ल्यायो अफिस प्याकेजको एउटै एप, स्क्यान गर्न र पिडिएफ बनाउन सकिने

Technology Khabar १७ कार्तिक २०७६, आईतवार

माइक्रोसफ्टले एन्ड्रोयडमा ल्यायो अफिस प्याकेजको एउटै एप, स्क्यान गर्न र पिडिएफ बनाउन सकिने

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले पछिल्लो दिनमा एन्ड्रोयड इकोसिस्टममा निकै लगानी गरिरहेकोछ । कम्पनीले एन्ड्रोयडमा आफ्नै लन्चर र सर्भिसहरु उपलब्ध गराईरहेको छ । माइक्रोसफ्टको अफिस निकै लोकप्रिय र निकै प्रयोग हुने एप्लिकेसन हो । यसमा कम्पनीले वर्ड, एक्सेल, पावरप्वाइन्ट, लगायतका विभिन्न फरक फरक टूलहरु उपलब्ध गराउँछ ।

अब भने माइक्रोसफ्टले यी सबैलाई एउटै एपमा राखेर ल्याएको छ । एन्ड्रोयड प्लेटफर्मका लागि कम्पनीले हालै प्ले स्टोरमा नयाँ माइक्रोसफ्ट अफिस एप लन्च गरेको छ, जसलाई ‘माइक्रोसफ्ट अफिसः वर्ड, एक्सेल, पावरप्वाइन्ट एण्ड मोर’ नाम दिईएको छ ।

यो एपले तपाईँको एन्ड्रोयड फोन वा ट्याबलेटमा डकुमेन्टहरु बनाउन, इडिट गर्न र व्यवस्थापन गर्न सहयोग गर्दछ । यसबाहेक तपाईँले यो एपमार्फत आफ्ना साथीभाईसँग सहकार्य समेत गर्न सक्नुहुनेछ ।

सो एपमा डकुमेन्टहरु स्क्यान गर्नका लागि अफिस लेन्स समेत राखिएको छ भने कुनैपनि डकुमेन्टलाई पिडिएफ फाइलमा परिवर्तन समेत गर्न सकिन्छ ।

यो एपमा भएका डकुमेन्टहरु क्लाउडमा वा डिभाइसमा नै स्टोर समेत गर्न सकिन्छ ।

यो एप हाल अर्लि एक्सेसमा मात्र रहेको छ अर्थात यो बीटा भर्सनमा मात्र छ भने पछि कम्पनीले यसलाई पूर्णरुपमा ल्याउने छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ कार्तिक २०७६, आईतवार

ताजा समाचार