यी कम्पनीहरुले बुझाए ग्रामीण दूरसंचार विकास कोषमा सबैभन्दा धेरै रकम

Technology Khabar १७ कार्तिक २०७६, आईतवार

यी कम्पनीहरुले बुझाए ग्रामीण दूरसंचार विकास कोषमा सबैभन्दा धेरै रकम
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । ग्रामीण दूरसंचार विकास कोष (आरटिडिएफ)मा गत आर्थिक वर्षमा ६८ कम्पनीहरुले असोज मसान्तभित्र रकम बुझाएका छन् । ६८ कम्पनीहरुले सो अवधिमा आरटिडिएफमा कुल १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ भन्दा बढि बुझाएका छन् ।

दूरसंचार ऐन अनुसार दूरसंचार सेवा संचालन गर्ने कम्पनीहरुले आफ्नो कुल आम्दानीको २ प्रतिशले हुन आउने रकम ग्रामीण दूरसंचार कोषमा दाखिला गर्नुपर्ने हुन्छ।

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार अर्बमा रकम बुझाउनेमा एउटा टेलिकम अपरेटर रहेको छ भने करोडभन्दा माथि रकम बुझाउनेमा २ टेलिकम अपरेटरका साथै तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु रहेका छन् ।

रकम बुझाउनेहरुमध्ये सबैभन्दा धेरै रकम बुझाउनेमा टेलिकम अपरेटरहरु रहेका छन् ।जसमध्ये ५० प्रतिशत भन्दा बढि रकम एनसेल एक्लैले बुझाएको छ । सो अवधिमा आटिडिएफमा एनसेल प्रालिले १ अर्ब १० करोड ६१ लाख रुपैयाँ भन्दा बढि बुझाएको छ ।

त्यसैगरि धेरै रकम बुझाउने कम्पनीमा नेपाल टेलिकम दोस्रो स्थानमा छ । सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले एनसेलको भन्दा करिब ४० करोड कम अर्थात ७० करोड रुपैयाँ सो कोषमा जम्मा गरेको छ ।

अर्को टेलिकम अपरेटर स्मार्ट टेलिकमले भने निकै थोरै मात्र रकम आरटिडिएफमा दाखिला गरेको छ । स्मार्टले १ करोड ४१ लाख रुपैयाँ बराबर कोषमा बुझाएको देखिन्छ ।

नेपाल दूरसंचार प्राधिकरणअन्तरगतको सो कोषमा रकम बुझाउनेमा प्रमुख ठूला इन्टरनेट सेवा प्रदायकहरुले पनि करोड माथि रकम बुझाएका छन् ।

धेरै रकम दाखिला गर्नेको सूचीमा तेस्रो स्थानमा रहेको वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले ५करोड करोड ९५ लाख रुपैयाँ जम्मा गरेको छ । त्यसैगरि सुबिसु केबलनेट प्रालिले २ करोड ६८ लाख भन्दा बढि बुझाउँदै धेरै रकम बुझाउने सूचीमा चौथो स्थानमा परेको छ ।

पाँचौं स्थानमा रहेको भायनेट कम्यूनिकेसन्स प्रालिले भने १ करोड २६ लाख रुपैयाँ भन्दा बढि रकम आरटिडिएफमा जम्मा गरेको छ ।

यसभन्दा मुनी रहेको वेब सर्फर नेपाल कम्यूनिकेसन्स प्रालिले ५० लाख रुपैयाँ दाखिला गरेको छ भने अन्य दुई कम्पनीहरु टेकमाइण्ड नेटवर्क र कम्यूनिकेसन्स एण्ड कम्यूनिकेट नेपालले करिब बराबरजस्तै रकम बुझाएका छन् । दुबैले ४१ लाख रुपैयाँ हाराहारीमा दाखिला गरेका छन् ।

मर्कन्टायल कम्यूनिकेसन्स, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन, हिमालयन अनलाइन सर्भिसेजले भने १० लाख भन्दा बढि रकम आरटिडिएफमा बुझाएको देखिन्छ ।

यसबाहेक बाँकी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने ७ लाख रुपैयाँ भन्दा कम रकम दाखिला गरेको देखिन्छ । तथ्यांकअनुसार सो अवधिमा सबैभन्दा थोरै रकम दाखिला गर्ने कम्पनी नेपाल एयर लिंक प्रालि रहेको छ । सो कम्पनीले कोषमा २ हजार ८ सय रुपैयाँ दाखिला गरेको छ ।

उता ठूलो नेटवर्क संचालन गर्नेमध्येको एक इन्टरनेट सेवा प्रदायक क्लासिक टेक भने यो सूचीमा रहेको छैन् ।

यी हुन करोड भन्दा बढि रकम दाखिला गर्ने कम्पनीहरु-

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ कार्तिक २०७६, आईतवार

ताजा समाचार