गूगलले फिटनेस डिभाइस निर्माता कम्पनी फिटबीट २.१ बिलियन डलरमा किन्यो

Technology Khabar १७ कार्तिक २०७६, आईतवार

गूगलले फिटनेस डिभाइस निर्माता कम्पनी फिटबीट २.१ बिलियन डलरमा किन्यो

काठमाडौं ।

काठमाडौं । फिटनेस डिभाइस निर्माता कम्पनी फिटबीटलाई गूगलले २.१ बिलियन डलरमा किन्ने भएको छ । हालै गूगल र फिटबीटबिच सो डिल भएको हो ।

नयाँ सम्झौतापछि गूगलले फिटनेस ट्र्याकर्स र स्मार्टवाचको बजारमा आफूलाई बिस्तार गर्नेछ । पछिल्लो दिनमा घाटामा चलिरहेको फिटबीटलाई गूगलसँगको यो सम्झौता राहतको रुपमा आएको छ ।

अल्फाबेटको अधिनमा रहेको गूगलले एप्पल र सामसंगसँगै तिब्ररुपमा बढिरहेको वेयरेबल डिभाइसहरुको बजारमा प्रवेश गर्नेछ ।

गूगलले फिटबीटलाई मेड बाई गूगलको रुपमा वेयरेबल डिभाइसको बजारमा परिचय दिन एक अवसर भएको बताएको छ । कम्पनीले आगामी दिनमा वेयरेबल टेक्नोलोजीमा थप लगानी गर्ने उल्लेख गरेको छ ।

१२ वर्षअगाडि फिटबीट स्थापना गर्ने को फाउण्डर तथा सिईओ जेम्स पार्कले कम्पनीको मिसनलाई थप अगाडि बढाउन गूगल आइडियल पार्टनर भएको बताएका छन् ।

फिटबीटले हालसम्म १०० मिलियन भन्दा बढि डिभाइसहरु बिक्री गरिसकेको छ । हाल कम्पनीसँग २८ मिलियन सक्रिय यूजर्स छन् ।

फिटबीटलाई गूगलले किनेपछि यूजर्सका हेल्थ एण्ड वेल्थ डाटा भने गूगलको विज्ञापनका लागि प्रयोग नहुने फिटबीटले बताएको छ । कम्पनीले ससक्त प्राइभेसी प्रोटेक्सन गर्ने उल्लेख छ ।

यो डिल सन् २०२० सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ भने यसको लागि नियमनकारी निकायहरु तथा दुबै कम्पनीका बोर्डबाट पारित हुनुपर्नेछ । एजेन्सी

easy care

प्रकाशित: १७ कार्तिक २०७६, आईतवार

ताजा समाचार