एप्पल कार्ड प्रयोगकर्ताका लागि नयाँ आइफोन किस्ताबन्दीमा, साथमा ३ प्रतिशत क्यासब्याक पाईने

Technology Khabar १५ कार्तिक २०७६, शुक्रबार

एप्पल कार्ड प्रयोगकर्ताका लागि नयाँ आइफोन किस्ताबन्दीमा, साथमा ३ प्रतिशत क्यासब्याक पाईने
NTC_Advt

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोनको बिक्री बढाउन नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्नो एप्पल कार्डमार्फत किस्ताबन्दीमा आइफोन किन्ने सुविधा कार्ड प्रयोगकर्ताहरुलाई दिने भएको छ ।

एप्पलका सिईओ टिम कुकले हालै एप्पल कार्ड यूजर्सका लागि नयाँ घोषणा गर्दै आइफोन खरिदगर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अफर दिएका हुन् ।

एप्पलले गएको अगस्टमा अमेरिकामा एप्पल कार्ड लन्च गरेको थियो । जसअन्तरगत कार्डधनीहरुले अब २४ महिनाको सजिलो किस्ताबन्दीमा नयाँ आइफोनहरु किन्न सक्नेछन भने त्यसमा कुनै ब्याज लाग्नेछैन् । त्यसका साथै ग्राहकहरुले किनेको नयाँ आइफोनको खरिदमा ३ प्रतिशतको क्यासब्याक पनि प्राप्त गर्नेछन् । तर सो आइफोन एप्पल स्टोरबाट खरिद गर्नुपर्ने हुन्छ ।

कुककाअनुसार नयाँ अफर यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुने इन्भेस्टर्स अर्निंग्स कलको अवसरमा जानकारी दिएका छन् । उनले एप्पल कार्डको बारेमा निकै सकारात्मक प्रतिकृया पाएको भन्दै अमेरिकामा भएको क्रेडिट कार्ड लन्चहरुमध्ये यो सबैभन्दा सफलतापूर्वक भएको विश्वास व्यक्त गरेका छन् ।

एप्पलको पेमेन्ट सर्भिसहरु एप्पल कार्ड र एप्पल पेले २०१९ को चौथो क्वाटरमा रेकर्ड आम्दानी गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

एप्पल कार्ड अफरले अमेरिकी टेक जायन्ट एप्पललाई आफ्नो स्मार्टफोन बिक्रीलाई बढाउन सहयोगी हुनेछ । आइफोनको बिक्री २०१९ को चौथो क्वाटरमा ३३.३६ बिलियन डलरको भएको छ जून अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले कम हो । तर कुककाअनुसार यो वर्षको पहिलो ३ चौमासिकमा भएको १५ प्रतिशतको गिरावटको तुलनामा यो सुधारोन्मुख हो ।

स्रोत माध्यम

प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार