पूर्व स्वामित्व भएका स्मार्टफोन कारोबारमा भारतीय बजारमा एप्पल अन्य ब्राण्डभन्दा अगाडि

Technology Khabar १५ कार्तिक २०७६, शुक्रबार

पूर्व स्वामित्व भएका स्मार्टफोन कारोबारमा भारतीय बजारमा एप्पल अन्य ब्राण्डभन्दा अगाडि
Global IME Bank

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतमा एप्पलले अन्य स्मार्टफोन ब्राण्डहरुलाई प्री-ओन्ड अर्थात पूर्व स्वामित्व भएका स्मार्टफोन बजारमा पछाडि पारेकोछ ।

एप्पलले पुरानो फोनको खरिद बिक्रीमा सामसंग, शाओमी, भीभो, ओपो र वनप्लसजस्ता ब्राण्डलाई पछाडि पारेर पहिलो रुचीको फोन भएको हो ।

सेकेण्ड ह्याण्ड सामाग्रीहरु बेच्ने कम्पनी ओएलएक्सले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार सन् २०१९ मा लिस्टेड भएका स्मार्टफोनहरुमध्ये १९ प्रतिशत आइफोन रहेका थिए ।

सो अध्ययनअनुसार प्लेटर्फममा लिस्टेड स्मार्टफोनहरुमध्ये सामसंग १६ प्रतिशत लिस्टेड भएको थिए भने बिबिके इलेक्ट्रोनिक्स अर्थात भीभो, ओपो र वनप्लस १४ प्रतिशत, शाओमी १३ प्रतिशत र अन्य ब्राण्डहरुले समग्रमा ३८ प्रतिशत रहेका छन् ।

त्यसैगरि मागको आधारमा हेर्दा पनि एप्पलको आइफोनको माग १९ प्रतिशत रहेको छ भने त्यसभन्दा ठिक पछाडि शाओमी १८ प्रतिशत शेयरसहित रहेको छ । त्यसैगरि सामसंग र बिबिके इलेक्ट्रोनिक्सले १५ प्रतिशत शेयर ओगटेका छन भने अन्य ब्राण्डहरुले समग्रमा ३३ प्रतिशत हिस्सा ओगटेका छन् ।

यसअतिरिक्त सो अध्ययनअनुसार भारतमा प्रि ओन्ड अर्थात अरुले प्रयोग गरिसकेको स्मार्टफोनहरुको बजार बढिरहेको छ । यसो हुनुमा भारतमा निरन्तर स्मार्टफोन लन्च हुनु र यसले विभिन्न मूल्य श्रृंखलामा छनौटको अवसर हुनु कारण रहेको छ ।

पूर्व स्वामित्व भएका वा पुराना मोबाइल फोनको खरिद बिक्रीमा अझैपनि अनलाइन भन्दा अफलाइन कारोबार अधिक हुने गरेको छ ।

जे भएतापनि भारतमा अनलाइन मोबाइल फोन खरिदबिक्री पनि बढिरहेको छ । ओएलएक्समा लिस्टेड भएका करिब ५९ प्रतिशत स्मार्टफोनहरु पहिलो देखि तेस्रो चौमासिकसम्ममा बिक्री भएका थिए भने प्रत्येक स्मार्टफोनहरुका लागि औसतमा १० वटा क्वेरीहरु आएका थिए । एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार