फेसबुक क्याम्ब्रिज एनालिटिका स्क्याण्डलको विषयमा बेलायतलाई जरिवाना तिर्न तयार

Technology Khabar १३ कार्तिक २०७६, बुधबार

फेसबुक क्याम्ब्रिज एनालिटिका स्क्याण्डलको विषयमा बेलायतलाई जरिवाना तिर्न तयार
Classic Tech

काठमाडौं । फेसबुकले यूजर्सको डाटा दूरुपयोग गरेको घट्नामा बेलायतमा ५ लाख पाउण्ड जरिवाना तिर्न राजी भएको छ ।

फेसबुकले यूजर्सको डाटा क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलमा दूरुपयोग भएको स्विकार गर्दै बेलायतको डाटा प्रोटेक्सन वाचडग इन्फर्मेशन राइट्स रेगुलेटरलाई ५ लाख पाउण्ड तिर्न तयार भएको हो ।

फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिका र यूरोपमा कसरी राजनीतिक कन्सल्टेन्सीले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत डाटाहरु अनुसन्धानकर्ताबाट लियो भन्ने बारेमा विभिन्न प्रश्नहरुको सामना गरेका थिए ।

इन्फर्मेशन कमिसनर्स अफिसले गत वर्ष सानो तर सांकेतिक जरिवाना लगाएको थियो जसमा १० लाख बेलायतीहरुको डाटा क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलमा दूरुपयोग भएको आरोप लागेको थियो ।

अब भने इन्फर्मेशन कमिसनर्स अफिसले आफ्नो थप अपिल फिर्ता लिने र फेसबुकले ५ लाख पाउण्ड तिर्न तयार भएको बताएको छ ।
आईसीओले बेलायती नागरिकहरुको डाटा दूरुपयोग भएको र जोखिममा पारिएको बारेमा मुख्य ध्यान चासो भएको बताएको छ । व्यक्तिगत सूचना र व्यक्तिगत गोपनियतालाई संरक्षण गर्नु आधारभूत महत्व हो ।

सोशियल मिडिया फेसबुकले भने सन् २०१५ को घटनामा अझै बढि अनुसन्धान सकिएको अपेक्षा गरिएको बताएको छ ।

‘हामीले त्यसपछि धेरै परिवर्तनहरु हाम्रो प्लेटफर्ममा गरिसकेका छौं, निरन्तर एप डेभलपरहरुलाई सूचनाहरुमा पहुँचमा रोक लगाईरहेका छौं, ‘ फेसबुकका एसोसिएट्स जनरल काउन्सिल ह्यारी किनमाउथले भने ।एजेन्सी

TK Viber

प्रकाशित: १३ कार्तिक २०७६, बुधबार

Loading...