स्मार्टफोनहरु ह्याक गरेको आरोपमा मेसेजिंग एप ह्वाट्सएपद्धारा जासुसी एजेन्सीलाई मुद्धा

Technology Khabar १३ कार्तिक २०७६, बुधबार

स्मार्टफोनहरु ह्याक गरेको आरोपमा मेसेजिंग एप ह्वाट्सएपद्धारा जासुसी एजेन्सीलाई मुद्धा

काठमाडौं ।

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले जासुसी एजेन्सी एनएसओ ग्रुपको विरुद्धमा अमेरिकी फेडरल कोर्टमा मुद्धा दायर गरेको छ । यो इजरायलको एजेन्सी हो र ह्वाट्स एपले कयौं पटक गलत तरिकाबाट टार्गेट फोनलाई ह्याक गरेको आरोप सो एजेन्सी माथि लगाएको छ ।
जासुसी फर्म एनएसओ ग्रुपले विशेष गरि सरकारी निकायका अनुसन्धान संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

ह्वाट्स एपले सो संस्थाले चारवटा महादेशहरुका करिब १,४०० जना यूजर्सलाई लक्षित गरेर मालवेयरमार्फत उनीहरुको डिभाइस ह्याक गरेको आरोप लगाएको छ । ती लक्षित यूजर्समा कुटनीतिज्ञ, राजनीतिक व्यक्ति, पत्रकार र वरिष्ठ अधिकारीहरु रहेका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोको संघिय अदालतमा दर्ता भएको सो मुद्धामा एनएसओले आफैंले नभई सरकारलाई सहयोग गरेर विभिन्न २० मुलुकहरुमा ह्याकिंगको कार्य गरेको आरोप लगाईएको छ ।यसमध्ये मेक्सिको, यूनाईटेड अरब र बहराईन हालसम्म पत्ता लागेका देशहरु रहेका छन् ।

सो ग्रुपले मोबाइल सर्भिलेन्स ग्रुपले ह्वाट्सएपलाई ह्याक गर्न मालवेयर विकास गरेको र मेसेजहरु तथा अन्य कम्यूनिकेसन्सको माध्यममा पहुँच पाएको आरोप रहेको छ ।

यो ह्याकिंगको घट्ना ह्वाट्सएप कलिंगमा भएको एउटा कमजोरीमार्फत गरिएको थियो । र सोहि कमजोरीको फाइदा उठाउँदै ह्याकर्सहरुले भिडियो कलमार्फत टार्गेट स्मार्टफोनमा स्पाईवेयर राखिएको थियो । टार्गेट डिभाइस यूजर्सले सामान्य अडियो कल प्राप्त गर्दथ्यो र त्यसमार्फत जानकारी नै नभई मालवेयरले सो डिभाइसको सम्पूर्ण जानकारीहरु हासिल गर्ने गर्दथ्यो ।

सो कमजोरी पत्ता लगाउने एजेन्सी सिटिजन ल्याबले यस्तो किसिमको स्पाईवेयर आक्रमण पत्रकारहरु, र मानवअधिकारबादीहरुलाई लक्षित गरेर गरिएको थियो । यो आक्रमणको नाम पिगासस थियो र यसलाई इजरायलको सो ग्रुपले तयार गरेको थियो ।

एनएसओ ग्रुपले भने सो आरोप अस्विकार गरेको छ । सो ग्रुपले सो आरोपको विरुद्धमा कानूनी लडाईँ लड्ने बताएको छ ।

ह्वाट्सएपको सो कमजोरी पत्ता लगाउने सिटिजन ल्याबकाअनुसार यो आक्रमणको नाम पिगासस थियो र त्यसलाई एनएसओ ग्रुपले तयार गरेको थियो ।

फेसबुकको अधिनमा रहेको ह्वाट्सएपमा इण्ड टू इण्ड एनक्रिप्सन राखिएको छ जसले गर्दा मेसेज पठाउने र प्राप्त गर्ने बाहेक अन्य तेस्रो पक्षले सो मेसेज हेर्न वा पढ्न पाउँदैन् ।

ह्वाट्सएपमा हाल मासिक करिब डेढ अर्ब मानिसहरुले प्रयोग गरिरहेका छन् ।

easy care

प्रकाशित: १३ कार्तिक २०७६, बुधबार