भारतको रिलायन्सले डिजिटल सर्भिसेज कम्पनी बनाउन १५ बिलियन डलर लगानी गर्ने

Technology Khabar ९ कार्तिक २०७६, शनिबार

भारतको रिलायन्सले डिजिटल सर्भिसेज कम्पनी बनाउन १५ बिलियन डलर लगानी गर्ने

काठमाडौं ।

काठमाडौं । भारतको रिलायन्स इन्डष्ट्रिज लिमिटेडले डिजिटल सर्भिसेज कम्पनी सिर्जना गर्नको लागि १५ बिलियन डलर लगानी गर्ने भएको छ। कम्पनीले आफ्नो टेलिकम भेन्चरमा भएको ऋणलाई कम गर्न, रणनीतिक लगानीकर्ताको रुपमा प्रवेश गर्नको लागि सो लगानी गर्नेछ ।

कम्पनीको टेलिकम यूनिट जियो इन्फोकम भारतको मोबाइल बजारमा सन् २०१६ मा प्रवेश गरेदेखि धनाढय मुकेश अम्बानीको नियन्त्रणमा रहेको रिलायन्सको ऋण निकै बढिरहेको छ । उनको कम्पनीले ग्राहकहरुलाई आकर्षित गर्न निशुल्क भ्वाइस कलको सुविधा र डाटाको शुल्क घटाएको थियो ।

जियोले शुरु गरेको मूल्य प्रतिस्पर्धाका कारण अन्य टेलिकम कम्पनीहरु पनि समस्यामा आएका थिए ।

रिलायन्स इन्डष्ट्रिजसँग आफ्नो १५.२६ बिलियन डलर लगानी आफ्नो नयाँ डिजिटल कम्पनीमा शेयरको रुपमा रुपान्तरण गर्ने अधिकार रहेको छ, कम्पनीले स्टेटमेन्टमा भनेको छ ।

सो नयाँ यूनिटले जियोमा फण्ड लगानी गर्नेछ भने सन् २०२० मार्चको अन्त्यसम्ममा कम्पनीलाई ऋण मुक्त टेलिकम भेन्चरको रुपमा ल्याउने छ ।

नयाँ डिजिटल सर्भिसेज कम्पनीको रुपमा जियोको न्यूज, मूभिज, र म्यूजिक एप्ससहित जियोमा भएको रिलायन्सको ६५० बिलियन भारु इक्यूटी लगानीलाई समेत गाभ्नेछ ।

हाम्रो डिजिटल इकोसिस्टमको आधार र पहुँचले गर्दा, हामीले संभावनायुक्त रणनीतिक पार्टनरहरुबाट सक्रिय रुची प्राप्त गरेका छौं, रिलायन्सका चेयरम्यान अम्बानीले भने । एजेन्सी

easy care

प्रकाशित: ९ कार्तिक २०७६, शनिबार

ताजा समाचार