गूगलमा भेटियो जोखिमयुक्त ४२ वटा एडवेयर एप्स, डिभाइसको सबै जानकारी समेत पठाउने

Technology Khabar ९ कार्तिक २०७६, शनिबार

गूगलमा भेटियो जोखिमयुक्त ४२ वटा एडवेयर एप्स, डिभाइसको सबै जानकारी समेत पठाउने

काठमाडौं । सेक्यूरिटी अनुसन्धानकर्ताहरुले गूगलको प्ले स्टोरमा दर्जनौं एन्ड्रोयड एप्सले विज्ञापनहरु दिईरहेको भेटेका छन् । यस्ता एप्सहरुले आम्दानी गर्ने स्कीमअन्तरगत अनावश्यकरुपमा प्रयोगकर्ताहरुलाई दुख दिईरहेका छन् ।

ईसेट अनुसन्धानकर्ताहरुले प्ले स्टोरमा त्यस्ता ४२ वटा एप्सहरु भेटेका छन जसमा एडवेयर रहेका छन् । त्यस्ता ४२ वटा एप्स अहिलेसम्म ८० लाख पटक डाउनलोड भइृसकेको भेटिएको हो ।

यी एप्स हेर्दा सामान्य झैं लागेपनि अनौठो व्यवहार गर्ने गर्दछन् । एक पटक यूजरले आफ्नो स्मार्टफोनमा इन्स्टल गरेपछि सो एपले स्मार्टफोनमा नै फूल स्क्रीन भएको विज्ञापन देखाउने गर्दछ र यस्तो क्रमिकरुपमा हुने गर्दछ ।

प्रायरुपमा यस्तो एप्सको सर्टकट आइकन डिलिट गरेपछि यसलाई हटाउन झनै कठिन हुने गरेको छ । यस्तो एडवेयरयुक्त एप्सहरुले फेसबुक र गूगलका एप्सहरुलाई पनि प्रभावित पारिरहेको देखिएको छ ।

ती एप्सले अन्य एप्स हेर्न समस्या पार्ने र सकेसम्म डिभाइसमा अधिक समय रहने प्रयास गरिरहेको भेटिएको हो ।

यसबाहेक ती एप्सहरुले ब्याकग्राउण्डमा यूजर्सको डिभाइसको डाटाहरु पठाईरहेको भेटिएको छ । र यस्तो डाटाहरुमा केहि तोकिएका एप्सहरु जुन इन्स्टल भएका छन र यदि सो डिभाइसले नन एप स्टोर स्रोतबाट पनि एप्स डाउनलोड गर्न अनुमति पाएको छ भन्ने जानकारी पनि पठाउने गर्दछन् । यसले गर्दा थप जोखिमयुक्त एप्सहरु सो डिभाइसमा डाउनलोड गर्न सकियोस भन्ने उद्धेश्य रहेको देखिन्छ ।

‘एडवेयर कार्यहरु हामीले विश्लेषण गरेका एप्सहरुमा उस्ताउस्तै रहेका छन्,’ इसेटका सेक्यूरिटी अनुसन्धानकर्ताहरुमध्येका एक लुकास स्टेफान्कोले भने ।

अनुसन्धानकर्ताहरुकाअनुसार ती एप्सले यदि प्रभावित भएको डिभाइसले गूगलको सर्भरबाट प्रिभेन्सन डिटेक्सनमा कनेक्ट छ वा छैन भन्ने समेत चेक गरिरहेका थिए ।

यस्ता एडवेयरयुक्त एप्सहरुमा भिडियो डाउनलोडर मास्टर, रिंगटोन मेकर प्रो, सेभइन्स्टा र ट्यांक क्लासिक लगायतका छन जून लाखौंको संख्यामा डाउनलोड भईसकेका छन् ।

यस्तो एडवेयर क्याम्पेनयुक्त एप्स बनाउनमा भियतनामका कलेज विद्यार्थीरहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
हाल गूगलले यी जोखिमयुक्त एप्स प्ले स्टोरबाट हटाईसकेको छ तर अझैपनि अनुसन्धानकर्ताहरुले थर्ड पार्टि एप स्टोरमा उपलब्ध हुनसक्ने चेतावनी दिएका छन् । एजेन्सी

प्रकाशित: ९ कार्तिक २०७६, शनिबार

Comments are closed.

Loading...