बजारमा ठगिए मोबाइल एपबाट सिधै सरकारलाई गुनासो गर्नुस्, भिडियो पनि पठाउन सकिने

Technology Khabar ९ कार्तिक २०७६, शनिबार

बजारमा ठगिए मोबाइल एपबाट सिधै सरकारलाई गुनासो गर्नुस्, भिडियो पनि पठाउन सकिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । उपभोक्ताहरुले बजारमा सामान किन्दा व्यवसायीले ठगे भने मोबाइलबाटै आफ्नो गुनासो सरकारलाई गर्न सकिने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई मोबाइलबाटै आफ्ना गुनासाहरु पठाउन सक्ने एप तयार गरेको छ।

उपभोक्ताले मोबाइलमा सो एप डाउनलोड गरेर गुनासो तथा भिडियो पठाउन सक्ने गरि फीचर राखिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले सो एप शुक्रबार मन्त्रालयमा एक कार्यक्रमका बीच शुभारम्भ गरे। व्यवसायीलाई उपभोक्तामैत्री बनाउन र बजार प्रतिस्पर्धा बढाउन सो एप उपयोगी हुने उनले बताए ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले हाल ‘कञ्जुमर एप’ नाममा प्रयोगमा आएको सो एपको नाम मन्त्रालयको छलफलपछि परिवर्तन हुनसक्ने जानकारी दिए।

उपभोक्ताले एपमा पठाएको गुनासोको सम्बोधन भएको वा नभएको सूचना समेत सोहि एपमार्फत उपभोक्तालाई तत्काल पठाइने जानकारी दिईयो।

प्रकाशित: ९ कार्तिक २०७६, शनिबार