चीप डिजाइनर एआरएमले ह्वावेलाई निरन्तर प्रविधि उपलब्ध गराउने

Technology Khabar ९ कार्तिक २०७६, शनिबार

चीप डिजाइनर एआरएमले ह्वावेलाई निरन्तर प्रविधि उपलब्ध गराउने
Classic Tech

काठमाडौं । चीप डिजाइन कम्पनी एआरएमले ह्वावे टेक्नोलोजीजलाई निरन्तर आपूर्ति गर्ने भएको छ । बेलायती कम्पनीको कानूनी टिमले यूकेमा उत्पादित चीप टेक्नोलोजी अमेरिकी प्रतिबन्धलाई तोड्न नसक्ने चेतावनीका बाबजुद पनि एआरएमले चिनियाँ टेक जायन्टलाई चीप आपूर्ति गर्ने भएको हो ।

विश्वको दोस्रो स्थानमा रहेको स्मार्टफोन मेकर कम्पनी ह्वावेले एआरएमको ब्लूप्रिन्टहरु आफ्ना स्मार्टफोनहरुलाई पावर दिन प्रोसेसरहरु डिजाइनमा प्रयोग गर्ने गर्दछ ।

गएको मई महिनामा एआरएमले ह्वावेसँगको सम्बन्धलाई रोकेको थियो । त्यसबेला अमेरिकी प्रतिबन्धपछि कम्पनीले सबै अमेरिकी कम्पनीहरुले ह्वावेसँग व्यवसाय गर्न नपाउने भएसँगै रोक लगाएको थियो ।

एआरएमको चीप टेक्नोलोजी निरन्तर आपूर्ति हुनेभएसँगै ह्वावेको आफ्नै चीपमेकर हिसिलिकनलाई सहज हुने भएको छ ।

ह्वावेको आफ्ना चीपहरु जसमा किरिन ९९० मोबाइल प्रोसेसरहरु र एसेण्ड ९१०एआई चीपसेटहरु एआरएमको डिजाइन आर्किटेक्चरमा बनेका हुन् र अमेरिकी टेक्नोलोजीहरुमा भरपर्नुपर्ने ह्वावेको बाध्यतालाई कम गर्न ठूलो सहयोग समेत भएकोछ ।

एआरएमले हिसिलिकनका लागि एआरएम भी८ ए आर्किटेक्चर प्रदान गर्नसक्नेछ, र यसका साथै आगामी जेनेरेशनको आर्किटेक्चर पनि दिनसक्नेछ किनकी यो बेलायमा उत्पादित रहेको कम्पनीले उल्लेख गरेको छ । रोयटर्स

TK Viber

प्रकाशित: ९ कार्तिक २०७६, शनिबार

Loading...