मोबाइल फोनको लत लागेको छ ? त्यसो भए गूगलका यी ६ वटा डिजिटल वेलबिईंङ्ग एप्स चलाउनुस्

Technology Khabar ८ कार्तिक २०७६, शुक्रबार

मोबाइल फोनको लत लागेको छ ? त्यसो भए गूगलका यी ६ वटा डिजिटल वेलबिईंङ्ग एप्स चलाउनुस्

काठमाडौं । मोबाइल कम्पनीहरुले आजभोली विभिन्न आकर्षक फीचरहरुसहितका मोबाइल फोन ल्याएर ग्राहकलाई आकर्षित गरिरहेका छन् । त्यसैबेला यीनै कम्पनीहरुले मोबाइल फोनको लत छुटाउने प्रयास गरिरहेको बताउँछन् ।

हालै अमेरिकी टेक कम्पनी गूगलले पनि डिजिटल वेलबिंईङ्ग अन्तरगत केहि एप्स लन्च गरेका छन जसको उद्धेश्य मोबाइल प्रयोगलाई कम गर्नुहो ।

यी एप्स अब गूगल प्ले स्टोरमा उपलब्ध भईसकेका छन तर यसलाई तपाईँले सिधारुपमा सर्च गरेर डाउनलोड गर्न भने सक्नुहुन्छ ।
एन्ड्रोयड अपरेटिंग सिस्टम प्लेटफर्मको निर्माता गूगलले डिजिटल वेलबिईंङ्गलाई गत वर्ष प्रस्तु गरेको थियो । यो एन्ड्रोयड स्मार्टफोनहरुका लागि हो । त्यसपछि यसमा नयाँ अप्शनहरु जोडिएका थिए ।

अब कम्पनीले केहि प्रयोगात्मक एप्स तयार गरेको छ र यसको उद्धेश्य यूजर्सलाई आफ्नो स्मार्टफोनलाई उत्कृष्ट किसिमले बुझ्ने र स्क्रीन टाइमलाई कम गर्न सहयोग गर्दछन् ।डिजिटल वेलबिईंङ्गअन्तरगत ५ एप्स लन्च गरिएको छ । यदि तपाईँको फोनमा गूगल डिजिटल वेलबिईंङ्ग फीचर छैन भने पनि तपाईँले यी एप्स प्रयोग गर्न सक्नुहुनेछ ।

तर यसको लागि तपाईँको एन्ड्रोयड स्मार्टफोनमा एन्ड्रोयड ८.० ओरियो वा सो भन्दा नयाँ भर्सनको ओएस हुनुपर्नेछ ।

डिजिटल वेलबिईंङ्गअन्तरगत गूगलले अनलक क्लक, विई फ्लिप, पोस्ट बक्स, मोर्फ, डेजर्स आइल्याण्ड र पेपर फोन ल्याएको हो । यी सबै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

अनलक क्लक (Unlock Clock)
यो लाइभ वालपेपर हो जसले प्रयोगकर्ताले कतिपटक आफ्नो स्मार्टफोन अनलक गर्यो भन्ने गन्ति गर्दछ । यो इन्स्टल गरेपछि तपाईँको गूगल वालपेपरमा यो देखिनेछ । यसलाई केबल डाउनलोड गरेर शुरु गर्न सकिन्छ ।

बिई फ्लिप (We Flip)
यो एपअन्तरगत एउटा फोनले अर्को फोनलाई डिटेक्ट गर्न शुरु गर्दछ । तर यसको लागि दोस्रो स्मार्टफोनमा पनि यो एप हुनुपर्दछ । यसमा एक ग्रुप मिलेर आफ्नो बाट टाढा बस्न सकिन्छ । सेशनको शुरुवात गरेपछि जो मानिसले फोन अनलक गर्दछ त्यसपछि यो सेशन समाप्त हुन्छ । यो एपले मानिसलाई फोनबाट सकेसम्म टाढा राख्न खोज्दछ ।

पोस्ट बक्स (Post Box)
पोस्ट बक्स एपअन्तरतग यूजर्सलाई अनावश्यक अलर्टहरुबाट टाढा राख्न सकिन्छ । यसमा केहि घण्टा सेट गर्न सकिन्छ र सो समयमा जतिपनि नोटिफिकेसन्स आएका हुन्छन त्यसलाई एउटा बण्डल बनाई दिनेछ र त्यसलाई पछि एकैपटक हेर्न सकिन्छ । यसलाई चार घण्टाको फरकमा प्रयोग गर्न सकिन्छ ।

मोर्फ (Morf)
यो अन्तरगत तपाईँले अलग अलग क्याटोगरीको एप्स प्रयोग गर्नका लागि मोड तयार गर्न सक्नुहुनेछ । यो टाइम र लोकेशनको आधारमा हुनेछ । उदाहरणको लागि तपाईँ यदि सोशल मिडिया मोड यूज गरिरहनुभएको छ भने तपाईँलाई केबल सोशल मिडियासँग जोडिएका नोटिफिकेशन्स मात्र आउने छ ।

डेजर्ट आइल्याण्ड (Desert Island)
यो एपमार्फत तपाईँले एपको लिस्ट बनाउन सक्नुहुन्छ, जुन तपाईँको प्राथमिकतामा पर्दछ । यसलाई तपाईँले २४ घण्टाको लागि सेट गरेर यो हेर्न सक्नुहुन्छ की तपाईँको लागि के आवश्यक छ ।

पेपर फोन (Paper Phone)
यो एउटा एप्स भन्दा पनि रमाईलो काम हो । आधारभूतरुपमा भन्दा तपाईँलाई अत्यावश्यक रहेको केहि विषयवस्तुहरुलाई पेपरमा प्रिन्ट गरेर हेर्नु हो । जसले गर्दा तपाईँले स्मार्टफोनमा गर्नेजस्तै कामहरु पेपरबाट गर्न सक्नुहुन्छ भन्ने हो ।

यी डिजिटल वेलबिईंङ्ग एप्स डाउनलोड गर्नका लागि तपाईँले गूगल प्ले स्टोरमा गएर अंग्रेजीमा गूगल क्रियटिभ ल्याब सर्च गर्नुपर्दछ र त्यहाँ तपाईँलाई यी सबै एप्सहरुको सूची उपलब्ध हुनेछ ।

TK Viber

प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

Loading...