अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा प्रतिस्पर्धामा नेपाल सहभागी हुने, यन्त्र ७.० बिजयी टिम दुबई पुग्यो

Technology Khabar ७ कार्तिक २०७६, बिहीबार

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा प्रतिस्पर्धामा नेपाल सहभागी हुने, यन्त्र ७.० बिजयी टिम दुबई पुग्यो

काठमाडौं ।

काठमाडौं । रोबोटिक्स एशोसिएसन अफ नेपालको नेतृत्वमा फर्स्ट ग्लोबल इन्टरनेशनलले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपालले दोस्रो प्रटक प्रतिस्पर्धा गर्ने भएको छ ।

सो प्रतियोगितामा यन्त्र ७.० बिजयी टिम UARC-1 को मुख्य प्रतियोगी शिशिर सुबेदी, श्रीजन घिमिरे, प्रविन बहादुर थापा, सार्थक सेन, आदित्य ढुंगाना, उमङ्ग रेग्मी प्रतिस्पर्धा गर्दैछन् ।

१४ देखि १८ वर्ष सम्मका बिद्यार्थीले मात्र भाग लिन पाउने यस ओलम्पिक्समा टिम नेपाललाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिब ई. मनोज लेखक र निरज प्रधानले मेन्टर गरिरहेको बताईएको छ । कार्तिक ७ गतेदेखि कार्तिक १० गते १८६ राष्ट्रका प्रतिस्पर्धीसँगै नेपालले आफ्नो प्रतिभा देखाउनेछ ।

नेपाली टिमको प्रतियोगिता सबै तयारी पुरा भइसकेको छ र सबै प्रतिस्पर्धीहरु शारीरिक तथा मानसिक रुपमा तयार भइसकेका छन् ।प्रतिस्पर्धाको लागि चाहिने रोबोट १५ दिन अघि नै तयार भइसकेको छ । अहिले टिम नेपाल प्रतिस्पर्धामा दिइएको टास्कहरु पुरा गर्ने अभ्यासमा व्यस्त रहेको रोबोटिक्स एशोसिएसन अफ नेपालका सचिव लेखकले जानकारी दिए ।

टिम नेपालले प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्नेमा र अहिलेको लक्ष्य कम्तिमा तेश्रो स्थान हासिल गर्ने रहेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो नेपाली रोबोटिक्स समुदायको संलग्नताले नेपालको रोबोटिक्सको स्तर बढाउने रोबोटिक्स एशोसिएसन अफ नेपालको ठहर रहेको छ ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता यन्त्र बिगत ८ वर्ष देखि गर्दै आएको छ । आगामी पुस महिनामा रोबोटिक्स एसोसियसन अफ नेपालले यन्त्र बिज्ञान, प्रबिधि र उद्यमशीलता महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता (यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा, यन्त्र नेसनल लिग), रोबो बिजनेस कप, यन्त्र स्कुल र यन्त्र लर्निङ्ग लगायतका प्रतियोगिता आयोजना गर्दै छ ।

यस अन्तर्राष्ट्रियस्तर प्रतियोगितामा दक्षिण एसियालगायत यूरोपियन र अमेरिकी राष्ट्र गरि ८० ओटा इन्जिनियरिङ्ग र उच्च माध्यमिक बिद्यालयका विद्यार्थी समूहको उत्साहजनक सहभागिता रहने आशा गरिएको छ ।

यस बर्ष यन्त्र ८.० को नारा दिएर अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता, श्रीजनशील कम्प्यूटिंग, कला प्रबिधि प्रदर्शनी , यन्त्र लर्निंग, यन्त्र इन्कुबेसन र यन्त्र किड्स आयोजना हुँदैछ ।

easy care

प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार