मोजिल्लाको फायरफक्स ७० भर्सन सार्वजनिक, ट्र्याकिंग कुकिजलाई ब्लक गर्यो, रिपोर्ट हेर्न सकिने

Technology Khabar ७ कार्तिक २०७६, बिहीबार

मोजिल्लाको फायरफक्स ७० भर्सन सार्वजनिक, ट्र्याकिंग कुकिजलाई ब्लक गर्यो, रिपोर्ट हेर्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इन्टरनेट ब्राउजर मोजिल्लाले हालै फायरफक्सको नयाँ भर्सन सार्वजनिक गरेको छ। फायरफक्स ७० भर्सनका साथमा एचटिटिपी र एचटिटिपीएस साइटहरुको लागि नयाँ सुरक्षा संकेतहरु उपलब्ध गराएको छ ।

नयाँ भर्सनमा कतिपटक वेबसाइटहरुले ट्र्याकिंग गर्ने प्रयास गरे र त्यसलाई रोकियो भन्ने देखाउँछ भने थर्ड पार्टि ट्र्याकिंग कुकिजलाई ब्लक गरिएको छ । यसबाहेक फिंगरप्रिन्टिंग र क्रिप्टोमाइनर्समा आधारित ब्राउजरलाई रोकिएको छ ।

मोजिल्लाले गएको जुलाईदेखि ४५० बिलियन थर्ड पार्टि ट्र्याकिंग अनुरोधलाई ब्लक गरेको बताएको छ । यो संख्या गत महिना फायरफक्स ६९ लन्च गरेसँगै तिब्ररुपमा बढेको थियो जसले डिफल्टमा ट्र्याकिंग रोक्न सकिने सुविधा दिएको थियो ।

फायरफक्स ७० भने भने यूजर्सलाई प्राइभेसी रिपोर्टमा कतिपटक अनलाइट ट्र्याकिंग गर्ने प्रयास गरियो भन्ने जानकारी दिन्छ। यसको लागि ब्राउजरको एटिटिपिएस प्याडलक आइकनको छेउमा रहेको नयाँ शिल्ड आइकनमा क्लिक गरेर हेर्न सकिन्छ । यसलाई स्क्रोल गरेर बिस्तृत जानकारी थाहा पाउन सकिन्छ ।

यदि फायरफक्स यूजर्सले कुनै विशेष विज्ञापन फर्महरुले साइटमार्फत ट्र्याकिंग गरिरहेको थाहा पाएर त्यसलाई रोक्न चाहन्छन भने उनीहरुले शिल्ड आइकनमा क्लिक गरेर त्यसमा तल स्क्रोल गरेर ब्लक्ड भन्ने अप्सन छनौट गर्न सक्दछन् ।

यसमा कुन सोसियल मिडिया र थर्ड पार्टि एड कुकिजलाई ब्लक गरिएको छ भन्ने पनि जानकारी दिन्छ । यूजर्सले ट्र्याकिंग गर्ने सोसियल मिडियाहरुले कतिपटक ट्र्याकिंग गर्ने भनेर समेत जान्न सक्दछन् ।

मोजिल्लाको ट्र्याकिंग ब्लकिंग प्रयासले गर्दा प्रत्येक दिन फायरफक्स ब्राउजरले १७५ वटा ट्र्याकिंग डोमेनहरुलाई ब्लक गरिरहेको छ।
फायरफक्स ७० भर्सनले एचटिटिपिएस साइटहरुलाई ग्रे प्याडलक आइकनसहित देखाउँछ भने एचटिटिपी साइटहरुलाई रेड प्याडलक आइकनसहित देखाउँछ जसको अर्थ असुरक्षित प्रोटोकलमा कनेक्सन छ भन्ने हो । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार