Technology Khabar ७ कार्तिक २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले आफ्ना फ्ल्याशिप स्मार्टफोन ग्यालेक्सी एस १० सिरिज र नोट १० सिरिजका स्मार्टफोनहरुमा देखिएको फिंगरप्रिन्ट रिकोग्निसन समस्यालाई समाधान गरेको छ ।
कम्पनीले सो समस्या समाधान गर्नको लागि हालै सफ्टवेयर अपडेट गरेको हो ।
सामसंगले कस्टमर सपोर्ट एप सामसंग मेम्बर्समार्फत माफि समेत मागेको छ र ग्यालेक्सी फोन यूजर्सले उनीहरुको बायोमेट्रिक औथेन्टिकेसनलाई नयाँ सफ्टवेयर भर्सनमा अपडेट गर्न भनेको छ ।
‘सामसंग इलेक्ट्रोनिक्सले उत्पादनहरुको सेक्यूरिटीलाई निकै गंभिररुपमा लिने गरेको छ र सेक्यूरिटीलाई ससक्त बनाउन निरन्तर सुधार र अपडेटहरुमार्फत बायोमेट्रिक औथेन्टिकेसन कार्यलाई बढाईएको छ,’ कम्पनीले आफ्नो कोरियन एपमा भनेको छ ।
सामसंगले ग्यालेक्सी एस १० र नोट १० प्रयोगकर्ताहरु जसले बायोमेट्रिक डाटा दर्ता गरेका थिए उनीहरुलाई सफ्टवेयर अपडेटको लागि नोटिफिकेसन पठाउने बताएको छ ।
यसअघि एक बेलायती प्रयोगकर्ताले उनको ग्यालेक्सी एस १० स्मार्टफोनमा लक हुँदा दर्ता नै नभएको बायोमेट्रिक फिंगरप्रिन्टबाट खोलिएको जानकारी दिएकी थिईन् ।
सामसंगले सिलिकन केसहरुसहित आउने केहि प्रोटेक्टरहरुमा फिंगरप्रिन्ट रिकोग्नाइजेसन हुँदा यस्तो समस्या हुनसक्ने उल्लेख गरेको थियो । रोयटर्सबाट
प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार