सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ ग्यालेक्सी ए ३०एस मा, खरिद मूल्य ३१, ८९० रुपैयाँ

Technology Khabar ७ कार्तिक २०७६, बिहीबार

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ ग्यालेक्सी ए ३०एस मा, खरिद मूल्य ३१, ८९० रुपैयाँ
NTC_Advt

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ३०एस प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी ए३० एस मा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ ।

‘प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए३० एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ,’ सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी ए३० एसमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ, जसमा २५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् ।

यसमा ४००० एमएएचको शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यो स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयार गरिएको कम्पनीले बताएको छ।

यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी ए ३०एसमा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटी रहेको छ । प्रयोगकर्ताहरुलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जीबी र्याम र १२८ जीबी स्टोरेजका साथ उपलब्ध रहेको जानकारी दिएको छ ।

सामसङ ग्यालेक्सी ए ३०एस को ४ जीबी र्याम र १२८ जीबी स्टोरेजयुक्त सेटको खरिद मूल्य ३१,८९० रुपैयाँ रहेको छ । यो फोन प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेट कलर अप्सनमा उपलब्ध रहेको छ । यो फोन कात्तिक ३ गते देखि नेपालभर रहेका सामसङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार