Technology Khabar ६ कार्तिक २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । सामसंगको ग्यालेक्सी नोट १० सिरिज र ग्यालेक्सी एस १० सिरिजको अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानरमा देखिएको समस्याका कारण विश्वभर विभिन्न बैंकहरुले सपोर्ट दिन बन्द गरेका छन् ।
विश्वभरका बैंकहरुले सो डिभाइसमा आफ्नो एप्समार्फत दिईरहेको सर्पोट हालकोलागि बन्द गरेका हुन् ।
बेलायतको यूके बैंक नेशनवाइड बिल्डिंग सोसाईटिले ग्यालेक्सी १० का प्रयोगकर्ताहरुको लागि फिंगरप्रिन्ट लगइन अप्सनलाई अस्थाईरुपमा रोकेको छ । अर्को बैंक नाटवेस्टले भने एस १० फोनहरुका लागि दिँदै आएको सर्पोटलाई पूर्णरुपमा नै हटाएको छ।
त्यसैगरि बैंक अफ चाइनाले पनि ग्यालेक्सी एस १०, नोट १० र ट्याब एस ६ धनिहरुका लागि सर्पोटलाई स्थगित गरेको छ । इजरायलको सबैभन्दा ठूलो बैंक हापोलिम बैंकले भने आफ्ना ग्राहकहरुलाई नोटिस पठाउँदै एस १० र नोट१०मा भएको फिंगरप्रिन्ट अथोन्टिकेसनलाई हटाएको जानकारी दिएको छ ।
दक्षिण कोरियाको अनलाइनमा मात्र सेवा दिने काकाओ बैंकले यसअघि नै नोट १० र एस१० सिरिजका प्रयोगकर्ता ग्राहकहरुलाई फिंगरप्रिन्ट अथोन्टिकेसनलाई हटाउन चेतावनी जारी गरेको थियो ।
यसअघि सामसंगका नोट १० सिरिज र एस १० सिरिजमा भएको अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानरमा सेक्यूरिटी समस्या देखिएको थियो । जसलाई सामसंगले छिटै समाधान गर्ने बताएको थियो ।
तर अहिलेसम्म कम्पनीले त्यसमा काम गरिरहेको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।एजेन्सी
यो पनि हेर्नुस्-
सामसंग ग्यालेक्सी एस १० फिंगरप्रिन्ट रिकोग्निसनको समस्या, छिटै प्याच ल्याउने कम्पनीको भनाई
प्रकाशित: ६ कार्तिक २०७६, बुधबार