५जी मोबाइल फोनहरु सन् २०२३ मा बजारको मुख्य केन्द्रमा रहने

Technology Khabar ६ कार्तिक २०७६, बुधबार

५जी मोबाइल फोनहरु सन् २०२३ मा बजारको मुख्य केन्द्रमा रहने
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौं । फाइभजी स्मार्टफोनहरुको आपूर्ति ४जी मोडलहरुको आपूर्तिभन्दा बढेर सन् २०२३ सम्ममा मुख्यस्थानमा आउने अनुमानहरु गरिएको छ ।

चीनका दोस्रो तहका ह्याण्डसेट निर्माताहरुले पहिलो तहका प्रतिस्पर्धीहरुको पाईला पछाईरहेका छन जसले सन् २०२० को दोस्रो चौमासिकमा आफ्नो पहिलो ५जी फोनहरु बजारमा सार्वजनिक गर्ने अपेक्षा गरेका छन् ।

बजारलाई अवलोकनकर्ताहरुकाअनुसार यसले ५जीको मागलाई वृद्धि गर्न र आपूर्ति बढाउन सहयोग पुर्याउने छ ।

दोस्रो तहका ती कम्पनीहरु जसले हाल हंगकंगमा जारी ग्लोबल स्रोस मोबाइल इलेक्ट्रोनिक्स २०१९मा अहिले ४जी मोडलहरु पेश गरिरहेका छन्, ती कम्पनीहरुले पनि ५जी फोन विकास गरिरहेका छन् । ती कम्पनीहरुले आफ्नो टेक्नोलोजी अझै भरपर्दो भएपछि मास प्रडक्सनमा जान तयार भएका छन र सन् २०२० को दोस्रो क्वाटरसम्म कम्पोनेन्टहरुको आपूर्ति पनि सहज हुने विश्लेषकहरुको अनुमान छ ।

क्यानालिसका एक वरिष्ठ विश्लेषककाअनुसार सन् २०२० मा ५जी फोनहरुको आपूर्ति १८ करोड यूनिटसम्म पुग्ने अनुमान गरिएको छ, जून सन् २०२० को विश्वभर ह्याण्डसेट आपूर्तिको करिब १३.२ प्रतिशत हुनेछ । उनकाअनुसार सन् २०२३ मा ५जी फोनको विश्व आपूर्तिमा वृद्धि हुँदै ५२ प्रतिशत पुग्नेछ ।

अनुमानित बजार स्रोतहरुकाअनुसार चीनका दोस्रो तहका मोबाइल फोन कम्पनीहरुले ५जी फोन सार्वजनिक गर्न शुरु गरेसँग सन् २०२० को दोस्रो चौमासिकमा ५जी मोबाइल फोनहरुको मूल्य ६५४ अमेरिकी डलर भन्दा तल झर्नेछ ।

यसअघिका रिपोर्टहरुअनुसार पनि आगामी वर्ष ५जी मोबाइल फोनहरुको आपूर्ति र लन्च बढ्नेछ भने ५जी नेटवर्कहरुको बिस्तारसँगै मागमा समेत वृद्धि हुनेछ ।

हाल बजारमा फ्ल्यागशिप स्मार्टफोनहरुमा मात्र ५जी सपोर्ट रहेको छ जून निकै महंगो रहेको छ ।

माध्यम

easy care

प्रकाशित: ६ कार्तिक २०७६, बुधबार