फाइभजी युगमा पूर्वाधार उपकरणहरुको माग १० गुणाले बढ्ने अनुमान

काठमाडौं । फाइभजी युगको लागि आवश्यक पर्ने बेस स्टेशनल एक्टिभ एन्टेना यूनिट्स, ट्रान्सिभर्सको माग ४जी नेटवर्कको अवस्थामा भन्दा १० गुणाले वृद्धि हुने तथ्यांक आएको छ ।

हालै जर्मनीको विशेष केमिकल तथा प्लास्टिक सामाग्रीको आपूर्तिकर्ता कम्पनी केभेस्ट्रोकाअनुसार ४जी नेटवर्कहरुको लागि आवश्यक पर्ने भन्दा बढि पूर्वाधारका उपकरणहरु ५जी नेटवर्कका लागि आवश्यक हुने प्रक्षेपण गरेको हो ।

कम्पनीका प्रतिनिधिहरुकाअनुसार ३ वर्षअगाडि केभेस्ट्रोले ५जी को आवश्यकतालाई पुरा गर्न विभिन्न किसिमका मटेरियल सोलुसनहरु विकास गरेका थिए ।

५जीको पूर्वाधार उत्पादनहरुको बिक्री सन् २०१९ देखि ससक्त हुने र भविश्यमा यसको वृद्धिदर निरन्तर हुने अपेक्षा गरिएको छ ।

५जी टेक्नोलोजीको थप विकास गर्न कोभेस्ट्रोले ट.डयच टेलिकोम र स्विडेनमा आधारित उमिया इन्टिच्यूट अफ डिजाइनसँग सेन्सिंग टेक्नोलोजी र डिजिटल कम्यूनिकेसन इनभाइरोन्मेन्टसँग सम्बन्धित परियोजनाहरुमा काम गरिरहेको छ ।

यसले एशिया प्याशिफिक रिजनमा चीनको नानजिंयाङ्गमा रहेको साउथइस्टर्न विश्वविद्यालयसँग रेडियो फ्रिक्वेन्सी सिग्नल पेनेट्रेसनमा सुधारका लागि सहकार्य गरिरहेको छ । एजेन्सी