वैज्ञानिकहरुले आगो नलाग्ने लिथियम आयोन ब्याट्री प्रविधि विकास गरे

Technology Khabar ६ कार्तिक २०७६, बुधबार

वैज्ञानिकहरुले आगो नलाग्ने लिथियम आयोन ब्याट्री प्रविधि विकास गरे
NTC_Advt

काठमाडौं । वैज्ञानिकहरुले फ्लेक्जिबल लिथियम आयोन ब्याट्री विकास गरेका छन, जून चरम अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । यस्तो प्रकारको ब्याट्री कटिंग, सबमर्सन, र सिमुलेटेड ब्यालिस्टिक कार्यमा पनि प्रयोग गर्न सकिन्छ तर यो ब्याट्रीमा आगो नलाग्ने गरि विकास गरेका हुन् ।

हालको लि-ओन ब्याट्रीहरु विनाशकारी आगलागीको लागि अतिसंवेदनशिल छन र पड्किने घटनाहरु भएका छन् । जसमध्ये अधिकांश ब्याट्रीहरु बिनाकुनै सहि जानकारी हुने गर्दछन् । किनकी यी ब्याट्रीहरु ज्वलनशिल र दहनशिल पदार्थहरुबाट बनेका हुन्छन् ।

जोन हप्किन्स एप्लाइड फिजिक्स ल्याब्रोटोरी (एपीएल)का अनुसन्धानकर्ताहरुद्धारा हालै केमिकल कम्यूनिकेसन्स जर्नलमा प्रकाशित अनुसन्धान रिपोर्टमा, अनुसन्धान टिमले नयाँ स्तरको ‘वाटर इन साल्ट’ र ‘वाटर इन बाईसाल्ट’ इलेक्ट्रोलाइट्सको रुपमा बर्णन गरेको छ ।

ती इलेक्ट्रोलाइट्स जब पोलिमर म्याट्रीक्समा समावेश हुन्छन्, त्यसले पानीको गतिबिधिलाई घटाउँछ र ब्याट्रीको उर्जा क्षमतालाई उठाउँछ । यसका साथै अहिलेका लि-अन ब्याट्रीहरुमा भएका उच्च ज्वलनशिल, जोखिमयुक्त प्रतिकृयात्मक रसायनहरुको जीवनचक्रलाई बिस्तार गर्दछ ।

अनुसन्धानकर्ताहरुले यो सुरक्षित, शक्तिशाली विकल्प भएको बताएका छन् ।

‘हाम्रो टिमको प्रयास साधारणरुपमा ज्वलनशिल तरल पदार्थलाई पोलिमरद्धारा प्रतिस्थापन गर्नमा केन्द्रित रहेको थियो जसले सेफ्टी र फर्म फ्याक्टरमा सुधार गर्दछ । हामी अहिलेको अवस्थाबाट धेरै उत्साहित भएका छौं,’ एपीएलका वरिष्ठ अनुसन्धान वैज्ञानिक तथा प्रमुख अनुसन्धानकर्ता कोन्स्टानटिनोस जेरासोपोलसले भने ।

हाल व्यवसायीकरुपमा प्रयोग भएको लि-ओन ब्याट्री सन् १९९० दशकको शुरुवातदेखि प्रयोगमा आएको हो जुन अहिले मोबाइल फोनदेखि इलेक्ट्रिक भेहिकल, उर्जा स्टोरेजलगायतको क्षेत्रमा प्रयोग हुँदै आएको छ । एजेन्सी

प्रकाशित: ६ कार्तिक २०७६, बुधबार