सामसंगको आगामी वर्ष ६० लाख फोल्डेबल फोनहरु बिक्री गर्ने योजना

Technology Khabar ५ कार्तिक २०७६, मंगलवार

सामसंगको आगामी वर्ष ६० लाख फोल्डेबल फोनहरु बिक्री गर्ने योजना
NTC_Advt

काठमाडौं । सामसंगले आफ्नो पहिलो फोल्डेबल फोन ग्यालेक्सी फोल्डको उत्पादन आक्रामकरुपमा बिस्तार गर्ने भएको छ । कम्पनीले आगामी वर्ष यसको बिक्री १० गुणा बढाउने उद्धेश्यका साथ उत्पादनलाई पनि बिस्तार गर्न थालेको रिपोर्ट आएको छ ।

कोरियन वेबसाइट इटीन्यूजका अनुसार कम्पनीले सन् २०१९ भित्र ५ लाख फोन बिक्री गरिसक्ने छ भने आगामी वर्ष यसलाई बढाएर ५० देखि ६० लाख फोल्डेबल स्मार्टफोन बिक्री गर्ने योजना लिएको छ ।

सामसंग डिस्प्लेले प्रडक्सनलाई बढाउन ध्यान दिईरहेको रिपोर्टमा उल्लेख छ । हाल सामसंगले ग्यालेक्सी फोल्डको १० हजारको ब्याच बिक्री गरिरहेकोछ ।

केहि समयअघि आएको आइएचएस मार्किटको अनुमानअनुसार आगामी वर्ष ३० लाख फोल्डेबल डिभाइसको माग हुनेछ भने डिएससीसीको अध्ययनअनुसार यस्तो माग ४० देखि ५० लाखको बिचमा हुने अनुमान छ । तर सामसंगको अपेक्षा र योजना भने यो अनुमान भन्दा निकै धेरै रहेको छ ।

सामसंगले ग्यालेक्सी फोल्डको उत्पादनलाई लक्ष्य अनुसार बढाउनको लागि कम्पनीले भियतनाममा आधारित फ्यासिलिटीमा थप लगानी गर्नुपर्ने हुन्छ । अझ विशेषगरि यसको लागि आवश्यक पर्ने अल्ट्रा थिन ग्लास जून उच्च मात्रामा उत्पादन गर्न सामाग्रीहरुको कठिनाई हुनेछ ।

यसअघि पनि सामसंगले अर्को फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको रिपोर्ट आएको थियो । नयाँ  फोल्डेबल स्मार्टफोन ल्याएर पनि कम्पनीले बिक्री बढाउने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार