८४ प्रतिशत भारतीय यूजरहरु इन्स्टाग्राममार्फत सामान खरिद चाहन्छन्, ७५ प्रतिशत खरिदकर्ता सन्तुष्ट

Technology Khabar ५ कार्तिक २०७६, मंगलवार

८४ प्रतिशत भारतीय यूजरहरु इन्स्टाग्राममार्फत सामान खरिद चाहन्छन्, ७५ प्रतिशत खरिदकर्ता सन्तुष्ट

काठमाडौं । फोटो शेयरिंग प्लेटफर्म इन्स्टाग्रामका ८४ प्रतिशत भारतीय प्रयोगकर्ताहरुले इन्स्टाग्रामको प्रयोग गरेर सपिंग गर्न चाहन्छन् । हालै सार्वजनिक एक रिपोर्टअनुसार इन्स्टाग्रामका यूजरहरु मूख्यतया बेलुका ४ बजेदेखि ८ बजेसम्म सबैभन्दा बढि समय खर्चिने गर्दछन् ।

डिजिटल मिडिया एजेन्सी वाटकन्सल्ट्स रिकोग्नकाअनुसार हाल इन्स्टाग्रामका भारतमा रहेका ११७.१ मिलियन मासिकरुपमा सक्रिय यूजरहरुले औसतमा ४५ मिनेट इन्स्टाग्राममा बिताउने गरेको देखिएको छ ।

इन्स्टाग्राममा केहि खरिद गर्ने चाहना राख्ने मानिसहरुले सो प्रडक्टको आधिकारिकताको बारेमा सचेत हुनुपर्ने बताईएको छ।

७५ प्रतिशत भन्दा बढि खरिदकर्ताहरुले सो प्लेटफर्मबाट खरिदगर्दा सन्तुष्टि व्यक्त गरेका छन भने अधिकांश यूजरले भविश्यमा पनि सपिंग गर्ने बताएका छन् ।

रिपोर्टले मानिसहरुको खरिद गर्ने व्यवहार, बानी र ट्रेण्डहरुमा नयाँपन आएको देखिने रिपोर्टमा उल्लेख छ ।

५० प्रतिशत भन्दा बढि उपभोक्ताहरुले इन्स्टाग्राममार्फत खरिद गरेका थिए र ७५ प्रतिशत यूजरहरु साना शहरहरुबाट हुने गरेको रिपोर्टमा छ । एजेन्सी

प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

Comments are closed.

Loading...